अमेरिका, ६ पुस
नेपाली जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय सचीव र सदस्य गरि तीन जना थप गरिएको छ । कर्णाली प्रदेश सल्यान जिल्ला चाख्लिघाट घर भै केही बर्ष यता हालस् अमेरिकामा बस्दै आउनु भएका सामाजिक अभियान्ता भनेर चिनिने गोविन्द चलाउनेलाई यश संस्थाले सचिव पदमा नियुत्त गरेको छ( भने ध्रुब कुमार झा र रामबाबु पाण्डेलाई केन्द्रीय सदस्यमा थप गरिएको जनसम्पर्क समिति अमेरिकाका सभापति धनञ्जय नरसिंह केसीले जानकारी दिनुभयो ।

यसैगरी प्रेम परियारको सभापतित्वमा ३७ सदस्यीय नर्दन क्यालिफोर्निय च्याप्टर पनि गठन गरिएको छ । च्याप्टरको वरिष्ठ उपसभापतिमा मनोहर थापा बोगटी, विश्व पन्त, अन्जली सुवेदी, अरुण गौतम, भोजेन्द्र जिसी, र नरबहादुर कुसारी चयन हुनुभएको छ ।

त्यसैगरी महासचिवमा पदमप्रसाद नेपाल, सचिवमा दिपक पाठक डा। विपिनकुमार यादव, गोपाल खनाल, गोविन्द चलाउने र मदन पाण्डे चयन हुनुभएको छ । त्यसैगरी कोषाध्यक्षमा हिमाल गिरी र सदस्यमा बिष्णु पाण्डे, तेजेन्द्र बराल, नेहा सिंह, दिपेश लामा, उमेश श्रेष्ठ, कल्पना आचार्य, प्रकासकुमार केसि, प्रताप पछाई, बीरबहादुर बुढाथोकी, स्याड्ग ठोकर, शुसिला खनाल चयन हुनुभएको छ ।

त्यसैगरी बुद्दीमान तामाङ, जयलाल खड्का, सुरेन्द्र बुढा मगर, दिपेसकुमार जैसी, धना चौलागाई, रिता अर्याल, राजकुमार पाण्डे,कल्पना गजमेर, शैलेस आचार्य,कमल बस्नेत, कोमल डोटेल, बिकास अधिकारी सदस्यमा चयन हुनुभएको छ ।

त्यसैगरी सल्लाहकारहरूमा डम्बर थपलिया, यान राई, राजेश थापा, राज यादव, बिजय चौधरी, श्रीराम थापा, सुरेस हमाल, सुर्य शर्मा, रवी सिं बस्नेत, क्रान्ति अर्याल
बिनि पाण्डे, अक्थर अन्सारी, बिनोद पुन मगर र केशर कुसारी चयन हुुनुभएको छ ।

साथै नब प्रबेशी टिमलाई संस्थाले धन्यवाद दिदै सफल कार्यकालको शुभकामना व्यक्त समेत गरेको छ।