पौष १ सल्यान ।
अप्लास्टिक एनीमिया रोगका कारण उपचारत सल्यानका नोख बहादुर गोसाइको उपचारका लागि अमेरीकामा आर्थिक सहयोग रकम संकलन भएको छ । जनता मावि रागेचौरका निवर्तमान प्रधानाध्यापक समेत रहनु भएका गोसाईको उपचारको लागि आर्थिक रकम अभाव भएपछि अमेरीकामा रहेका नेपालिहरुको पहलमा आर्थिक रकम संकल भएको हो ।
नोख वहादुर गोसाई वचाऊ अभियानमा अमेरीकामा रहेका व्यक्तिहरूबाट अमेरीकन डलर ४३९२८ गोफन्ट मि मार्फत जम्मा भएको हो । गोफन्ट ले चार्ज कटाई उपलब्ध भयको अमेरी डलर ४३७३४।१८ पैसाको नेपाली रकम ४ लाख ३४ हजार ७ सय ७० रूपैयाँ ७५ पैसा नोख वहादुर गोसाईको खातामा जम्मा भई सकेको छ । उल्लेखित रकमको विवरण सार्वजनिक गरिएको छ भने केहि सहयोगी दाताहरू सहयोग गरेपनि उहाहरूको नाम गोफन्ट मा नदेखियकोले रकम प्राप्त भए पनि नाम उल्लेख नगरिएको अभियान्ता गोविन्द चलाउनेले जानकारी दिएका छन ।
अभियान्ताले गोसाईको सिंघ्र स्वास्थ्य लाभको कामना सहित यो अभियानमा एउटा मात्र ब्यक्ति नभई सवैको उतिकै साथ सहयोग रहेकोले पुन स् स(ह्दय देखि सम्वन्धित सवैजना प्रति आभार प्रकट गरेका छन । त्यस्तै गोसाइको उपचारमा रहेका हरी गोसाइले अमेरिकामा रहेर आफ्नो पसिनाको केही अंश यो आर्थिक संकटले पिरोलिरहेको बेला सहयोग गर्नु हुने मनकारी व्यक्तित्वहरु प्रती नतमस्तक हुदै सहयोगी प्रती विशेष आभार प्रकट गरेका छन । उनले स्वास्थ जोखिम मुक्त रहेको तर अझैं उपचारमा संलग्न हुनुपर्ने ९ कम्तिमा तीन महिना० देखिएको भन्दै शरिरलाई चाहिने मात्रामा रगत उत्पादन हुनेबेला सम्मयो प्रक्रिया चलिरहने बताएकाछन ।
अप्लास्टिक एनीमियाका कारण एकहप्ता दैनिक ४ लाख सम्मको इन्जेक्सन सहित उपचार गर्ने पैसा अभाव भएपछि गोसाइले सहयोगको माग गरेका थिए ।
२०७७ साल कात्तिर्क २० गते देखि ममा भएको अप्लास्टिक, एनिमिया रोगका कारण हस्पिटलको आईसिउमा भर्ना भएको छु । यो उपचार मेरो जस्तो आर्थिक हैसियतको व्यक्तिको लागि महंगो र कम संभावना रहेछ । जिवनको यो कठिन र विषम परिस्थितिमा सबैले सक्दो आर्थिक सहायता तथा शीघ्र स्वास्थ्य लाभको कामनाको हार्दिक अपिल गर्दछुु । व्यक्तिगत आत्मीय मानविय सहयोगका लागि हार्दिक अनुरोध गर्दछु । सन्चो भएर फेरि पुर्बवत भेटिने आशासहित प्राथाना गर्दछु ।
