चुडामणि पि.एम
सल्यान २५ मंसिर
सल्यानी लोक तथा दोहोरी गायक यक्ष बि.क को “भुपु लभर” बोलका गित सार्वजनिक भएको छ । मंसिर अथवा लगनको महिनालाई मध्यनजर गर्दै उनले आफ्नै युटुव च्यानल बाट “भुपु लभर” बोलको गित सर्वजनिक गरेका छन् । बिक्रम बाबु बिश्वकर्माको शब्द र यक्ष बि.क को संगित रहेको गितमा यक्ष बि.क र रितु तामाङको स्वर रहेको छ । काजिस श्रेष्ठको निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा चर्चित मोडल दुर्गेश थापा, मोडेल अनुपा थापा, रितु तमाङ,आयुषि ढकाल र ह्याप्पि तेनजनियाको डान्स तथा अभिनय रहेको छ । गित Yagya Bk युटुव च्यानलबाट बजारमा आएको छ । गायक बि.कले भने गित राम्रो बनाउनाको लागि धेरै मेहेनत गरेको छु, बिल्कुलै सत्य घटनामा आधारीत लोक दोहोरी गीत “भूपू लभर” मेरो र ऋतु तामांङको स्वर, दुर्गेश थापा, अनुपा थापा, ऋतु तामांग, ह्याप्पी टेंजानिया र आयुशी ढकालको अभिनयसहित सार्वजनिक भएको छ, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण दर्शकहरुले शेयर गरेर साथ दिनुहुनेछ भन्ने अपेक्षा गर्दछु, धन्यवाद ।

https://www.youtube.com/watch?v=jxyy4q-Xl7A