मंसिर १५, सल्यान ।
सल्यानको दार्मा गाउँपालिकामा ग्रामिण स्तरमा विद्युतिकरणको काम तिव्र गतिमा भैरहेको छ । आईतबार वडा नं १ को कार्यालय दार्मकोटको बस्ति र वडा नं ६ को किमिटाकुरामा बत्ति बालेर उद्घाटन गरिएको हो ।
२०७६ कार्तिक २० गते गाउँपालिकाको केन्द्र फारूलामा बालेको बत्ति अहिले ५ वडाका विभिन्न बस्तिमा विस्तार भएको छ । आईतबार एकैदिन बागेलाखुरी– चिप्ले– किमुटाकुरा र फारूला – दार्माकोट लाईनको बत्ती उद्घाटन संघिय साँसद टेक बहादुर बस्नेतले गरेका हुन । सल्यानबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने साँसद टेक बहादुर बस्नेतले सल्यानमा बत्ति बलेको ३० बर्ष हुदा पनि बस्ति स्तरमा विस्तार हुन नसकेको बत्ति पछिल्ला बर्षमा द्रुत रूपमा बढेको बताका छन । सल्यानमा बत्ति आएको ४० सालमा हो तर हामीले यत्रो बर्ष बर्षपछि गाउँमा बत्ति बालेपनि यसको विस्तार अझै बाँकी रहेको भन्दै पुर्व सामान्य प्रशासन मन्त्री समेत रहेका बस्नेतले अँध्यारो चिर्न बत्ती बाल्नुपर्ने भन्दै आधारभुत समाजवाद गाउँमा आएको अनुभुती दिलाउनु अझै बाँकी रहेको धारणा राखे । विगतमा गास वास कपास मात्रै आधारभुत आव्रश्यकता मानिएपनि समाजवादका लागि विकासका अन्य पुर्वाधारलाइ पनि जोड्नुपर्ने बताए । आधुनिक जनप्रतिनिधिले विकासका पुर्वाधारको उपयोग आफू पनि गर्दै जनतालाई पनि गराउदै आएको भन्दै उनले अहिलेको व्यवस्था ल्याउन जनताले ठुलो बलिदानी गरेको समेत बताए ।
कार्यक्रमलाइ सम्बोधनका क्रममा दार्मा गाउँपालिका अध्यक्ष नीम बहादुर केसीले गाउँपालिकाको विद्युतिकरणका निम्ती ४ करोड ४० लाखको काम भएको छ र पुरै पालिकामा विस्ताको लागि अब अझै ११ करोड ७६ लाख आवश्यक पर्ने भन्दै संघिय सरकारलाई पहल गरिदिन आग्रह गरे ।
उनले ३० बर्षमा नभएका विकास अहिलेका ३ तहका सरकारले गरेका छौ भन्दै विकासले गति लिएको अवस्थामा यसको जगमा टेकेर समृद्धिमा अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा उपाध्यक्ष टिका शर्मा वली, दुवै वडाका वडाध्यक्षहरु दुर्गा मल्ल र कवि कुमार चन्द, कार्यपालिका सदस्य पहल बहादुर केसी, पुतला खड्का, नेकपाका स्थानीय नेता रत्न बहादुर वली लगायतले सम्बोधन गरेका थिए । दुवै स्थानमा भएका कार्यक्रमको संचालन प्रमुख प्रशासकिय अधिकृत अमृत खड्काले गरेका थिए ।
वडा नं. ६ को किमुटाकुरामा जडान गरिएको ट्रान्सफर्मरबाट सुनारगाउ, मलिक्चा, ज्षामिरेचौर, रूमालेगाउ, पातेटाकुरा, बागखोरका बासिन्दा र वडा नं. १ को कार्यालय कोटमा जडान गरिएको ट्रान्सफर्मरबाट कोट आसपासका बस्तीमा बत्ती बल्नेछ ।
अनलाइन तहल्का बाट
