कार्तिक २९,सल्यान
सल्यानमा कोरोना भाईरसको संक्रमण बढ्न थालेपछि सबै स्थानीय तहहरुले सतर्कता अपनाउन थालेका छन् । शारदा नगरपालिकामा गरिएको पछिल्लो पिसिआर परीक्षणमा अधिकांश संक्रमण पुष्टी भएको नतिजा आएको छ । त्यसैगरी बागचौर नगरपालिकामा पनि कोभिड १९ का लक्षण सहितका बिरामीहरू देखा पर्न थाले पछि ’दुर्त प्रतिकार्य समन्वय समिति दार्मा गाउँपालिका सल्यान’ को आजै बसेको आकस्मिक बैठकले कोरोनाबाट गाऊँपालिकालाई सुरक्षित राख्न कडा निर्णयहरु गरेको छ । चाडपर्वको बेला उक्त निर्णयहरुलाई दृढतापूर्वक कार्यन्वयन गर्न गाऊँपालिका अध्यक्ष निम बहादुर के।सी। अरुणले सबै प्रशासनिक निकाय र जनसमुदायलाई अपिल समेत गरेका छन् ।
निर्णयहरूः
१। प्रत्येक वडा र टोलहरूमा ईलाका प्रहरी कार्यालयको सुरक्षा टोलीसहितले शान्ति, सुरक्षा र कोभिड १९ बारे सचेतनाका लागि माइकिङ गर्ने ।
२।भारत लगायत तेस्रो मुलुक र देशका विभिन्न ठाउँबाट आएका व्यक्ति तथा परिवारहरूलाई कोभिड १९को जोखिमबाट सुरक्षित हुन परामर्श दिन े।
३।गाउँपालिका भित्र लक्षण सहितका बिरामीहरूको खोजी गर्ने।
४। पालिका भित्रका १०० जनाको २०७७ मंसिर ०७ गते नमुना स्वाब सङ्कलन गर्ने जसमा २५ जना लक्षण सहितका नमुना खोजी गर्ने, २५ जनप्रतिनिधि र कर्मचारी र ५० जना वडा कार्यालय र स्वास्थ्य संस्थाको समन्वयमा पालिकाका स्वास्थ्य शाखाले सिफारिस गरे बमोजिम नमुना स्वाव संकलन गर्ने ।
५। वडा कार्यालय र पालिकामा स्वास्थ्य मापदण्ड अपनाएर अति आवश्यक कामकाजको मात्रै सेवा प्रवाहका लागि कार्यालय सञ्चालन गर्ने ।
६। प्रत्येक स्वास्थ्य संस्थामा कोडिड १९ विरुद्ध सञ्चालन गरिएका हेल्पडेस्कलाई ब्यवस्थित गर्ने ।
७। वडा स्तरमा गठित दुर्त प्रतिकार्य र खोजी तथा निगरानी समूहहरूलाई विशेष परिचालन गर्ने ।
८। २०७७ मंसिर ०७ गते लिएको स्वावको रिपोर्ट नआउँदासम्म तिहार बिदादेखि निरन्तर हुने गरी विद्यालयहरूले गर्दै आएको सिकाइ सहजीकरण बन्द गर्ने । शिक्षक नियुक्ति लगायतका परीक्षाहरू पनि सञ्चालन स्थगित गर्ने ।
९। औपचारिक रुपमा विवाह, भोजभतेर,पूजापाठ, मेला, जात्रा, भेला, सम्मेलन लगायतका भिडभाड हुने कार्यक्रमहरू नगर्ने, नगराउने ।
१०।तिहारका अवसरमा खेलिने देउसी, भैलो आदि कार्यमा रोक लगाउने ।
११। जिल्ला प्रशासन कार्यालय सल्यानले कार्तिक २६ गते जारी गरेको निर्देशनलाई कडाइपूर्वक कार्यन्वयन गर्ने ।
hotlinekhabarबाट
