कार्तिक २९, सल्यान ।
सल्यान श्रीनगर बजार ७ दिनको लागि पूर्ण रुपमा सील गरिएको छ । शनिवार बसेको जिल्ला सुरक्षा समिति सल्यानको बैठकले श्रीनगर बजार ७ दिनको लागि पूर्ण रूपमा सिल गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य सेवा, प्रेटोल पम्प, बैंक बाहेकका सबै खाले क्षेत्र तथा सेवाहरू पूर्ण रुपमा बन्द गरिएको छ। शारदा नगरपालिका कार्यपालिकाको सिफारिस अनुसार जिल्ला सुरक्षा समितिले सिल गर्ने निर्णय गरेको हो ।
शारदा नगरपालिका वडा नं १ को चैवाङ जिउला, शान्तिनगर, श्रीनगर बजार, छापडाँडा, दारिम्चौर, पट्नेरी, वडा नं २ को जोगिदेउखोला, वडा नं ६ को बराला सम्मको क्षेत्र मंसिर ६ गते सम्मको लागि सिल गरिएको छ ।
श्रीनर बजारमा गरिएको ४६ जनाको स्वाब संकलन गरी पि।सी।आर। जाँच गर्दा ३३ जनामा कोरोना पोजिटिभ देखिए पछि यो निर्णय गरिएको प्रहरी प्रवक्ता प्रहरी निरिक्षक लक्ष्मण वलीले जानकारी दिएका छन । अर्को निर्णय नभए सम्मको लागि यी क्षेत्रमा पूर्ण रुपमा सिल गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।