सल्यान, २७ कार्तिक
सल्यान मिडिया हाउस प्रा.लि ले संचालन गरेको सप्तरंगि दशै तिहार बम्पर उपहार योजना २०७७ को चिठ्ठा खोल्ने मिति सारेको छ । प्रा.लिले ,२७ कार्तिकमा सल्यानको श्रीनगरमा चिठ्ठा खोल्ने मिति तोकेको थियो । कोरना भाइरस महामारीले स्थानिय व्यापारी संक्रमित भई सल्यान श्रीनगर बजार कार्तिक २३ गते देखि २९ गते सम्म सिल गरिएकोले चिठ्ठा खोल्ने नयाँ मिति मंसिर १४ गते तोकेको सल्यान मिडिया हाउस प्रा.लि का संचालकले जानकारी गराएका छन् । हिन्दु नेपालिहरुको महान चाड दशै तिहार तथा छट पर्वलाइ लक्षित गरी प्रा.लिले यस बर्ष रु १००।– को चिठ्ठामा एक जनालाई खसि, दुई जनालाई रेड्मि मोबाईल, तिन जनालाइ लाभा मोबाईल, चार जनालाई लोकल भाले त्यसैगरी सेनिटाइजर र ढछ मास्क पाँच जनालाई उपहार दिने गरी कार्यक्रम संचालन गरेको थियो । यस बाट चिठ्ठा काट्नु भएका सम्पुर्ण महानुभाव प्रति पर्न गएको असर प्रति सल्यान मिडिया हाउसले क्षमा याचना समेत व्यक्त गरेको छ ।
