काठमाडौं कात्तिक ५ गते,।

कोरोना भाइरसका कारण सरेको कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्ड र सामाजिक दूरी कायम राख्दै परीक्षा संचालन हुने जनाएको छ।

यसअघि १२ को परीक्षा वैशाखमा गर्ने तयारी भएकोमा कोरोनाको असरका कारण ७ महिना पर धकेलिएको हो।