सल्यान, ३ चैत्र ।
अस्थाई ट्राफिक कार्यालय थारमारेको अगुवाइमा खरिबोट बजारको सडक मर्मत तथा सरसफाइ गरिएको छ । अस्थाई ट्राफिक कार्यालय थारमारे, खरिबोट बजार व्यवस्थापन समिति, खरिबोटका युवा समूह र स्थानीय बासीहरूको सहभागितामा सल्यानको बागचौर नगरपालिका वडा नम्बर २ स्थित खरिबोट बजारको सडक मर्मत तथा सरसफाइ गरिएको छ ।
केहि समय देखि बागचौर नगरपालिका र ट्राफिक कार्यालय थारमारेले साँधुरो सडक चौडा गर्ने, सडकका खाल्डाखुल्डी पुर्ने लगायतका काम गर्दै आएको छ । ट्राफिक प्रहरीले यस अधि ट्राफिक आइलन निर्माण गर्ने लगायत कामहरू गर्दै आएको स्थानिय अशोक बस्नेतले जानकारी दिएका छन् ।


