सल्यान, २१ फाल्गुन ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा नयाँ सरुवा पदस्थापन भइ आउनु भएका मनोज रेग्मीलाई नगरमा स्वागत गरिएको छ ।
नगर प्रमुख गोविन्द कुमार पुन, वडा अध्यक्ष मोमत रोका, यस अघि निमित्तको जिम्मेवारी सम्माल्नु भएका चक्रवहादुर रावत, इन्जिनियर महेश देवकोटा र अन्य शाखा प्रमुख तथा कर्मचारीहरुको उपस्थितिमा स्वागत कार्यक्रम गरिएको हो ।
फाल्गुन १९ गते देखि नै नगरपालिकामा हाजिर हुनु भएका रेग्मी यस अघि अर्थ मन्त्रालयको राजश्व शाखामा कार्यरत रहनु भएको थियोे । अहिले आएर रेग्मीको दरवन्दि नै बनगाड कुपिण्डे नगरपालिका भएको र सोहि स्थानीय तहमा पदस्थापना भएको जनाईएको छ । हालसम्म बनगाड कुपिन्डे नगरपालिकामा सरुवा भैइ आउने र जानेको संख्या ९ पुगेको छ ।
