असोज ८,सल्यान
सल्यानमा सोमबार बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । रोल्पाबाट दाङ तर्फ तरकारी बोकी जाँदै गरेको रा १ च १०२५ नम्बरको जिप कपुरकोट गाउँपालिका वडा नम्बर ३ स्थित चोरखोला नजिकै अनियन्त्रित भई सडकबाट करिव ३५० मिटर तल खस्न गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनामा परि दाङको तुलसिपुर १८ बस्ने वर्ष २६ का जीप चालक भक्त बहादुर घर्ती र सोही ठाउँ निवासी गाडी धनी वर्ष ५० का गणेश बुढाको दुर्घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनु भयो । दुर्घटनामा परी अर्का एकजना गम्भीर घाइते छन् । तुल्सिपुर २ बस्ने वर्ष ३५ का नारायण योगीको अवस्था गम्भीर रहेको र उनलाइ उपचारको लागी दाङ लगिएको छ ।