सल्यान १४ भदौ ।
कपुरकोट गाउँपालिकाले पालिका भित्रका सम्पुर्ण समुदायिक वन उपभोक्ता समितिहरुलाई गाउँपालिकामा अनिवार्य दर्ता तथा दर्ता भईसकेकालाई नविकरणको लागि अनुरोध गरेको छ । संघीय वन ऐन २०७६, वन नियमावली २०७९, कर्णाली प्रदेश वन ऐन २०७८ तथा कपुरकोट गाउँपालिकाको स्थानीय वन ऐन २०७६ अनुसार गाउँपालिका भित्रमा क्रियाशिल रहेका सम्पुर्ण सामुदायिक वन उपभोत्ता समितीहरु दर्ता तथा नविकरणको लागि गाउँपालिकाले ३५ दिने सूचना निकालेको छ । कपुरकोट गाउँपालिकाले वन ऐन २०७६ अनुसार समुदायिक वन उपाभोत्ता समिति पालिकामा अनिवार्य दर्ता गर्नुपर्ने, बार्षिक रुपमा नविकरण गर्नु पर्ने, वार्षिक प्रतिवेदन बुझाउनु पर्ने र वन ऐन २०७६ ले तोकेको राजश्व समेत दाखिला गर्नुपर्ने कानूनी प्रावधान भएकोले ३५ दिन भित्र उपभोत्ता समितीहरु पालिकामा दर्ता तथा नविकरणको लागि गाउँपालिकाले सूचना प्रकाशन गरेको छ ।
उपभोक्ता समिती दर्ताका लागि उपभोक्ता समितीको बैठक माईन्युटको प्रतिलिपी, अनुसूचि –१/अनुसूची –३ बमोजिमको दर्ता निवेदन, सम्बन्धित वडा कार्यालयको सिफारिस, संस्थाको स्वीकृत विधान प्रतिलिपी, डिभिजन वन कार्यालयमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी र उपभोक्ता समितीका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपी अवश्यक पर्ने सूचनामा भनिएको छ । अन्य केहि जानकारीको लागि कपुरकोट गाउँपालिकाको वन, वातावरण तथा विपद व्यवस्थापन इकाइ को सम्पर्क नम्बर ९८६८२५९२६१ मा सम्पर्क गर्न सकिने गाउँपालिले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

