सल्यान , ०४ वैशाख ।
सामुदायिक वनको सिद्धकुमाख गाउँपालिका स्तरीय महासंघको दोस्रो सम्मेलन तथा अधिवेशन सम्पन्न भएको छ । स्थानीय महासंघका अध्यक्ष लैंन बहादुुर बुुढाथोकीको अध्यक्षता र गाउँपालिका अध्यक्ष भरत गिरीको प्रमुख आतिथ्यतामा उक्त सम्मेलन आयोजना गरिएको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राम बहादुुर बस्नेत, वन महासंघ प्रदेश कमिटि सदस्य वर्ण कुमारी शाही, , जिल्ला महासंघका स्थायी कमिटी सदस्य गोविन्द प्रसाद शर्मा लगायतको सहभागिता रहेको थियो । त्यसै निराजन मा.वि.का वि.व्य.स. अध्यक्ष झुुपलाल थापा, एभरेष्ट रोजिनका प्रतिनिधि हरि रेउले, स्थानीय माहासंघका पदाधिकारीहरुको पनि सहभागिता रहेको थियो ।
त्यसैगरी गाउँपालिका क्षेत्रमा रहेका ३९ वटा बन समूूहमध्ये २६ वटा समूूहबाट २ महिला र २ पुुरुष प्रतिनिधिको दरले सहभागिता थियो । शुुभकामना मन्तव्यको क्रममा अतिथिहरुले बन महासंघले केवल बनको उपयोग र संरक्षणको लागि मात्रै काम गर्ने नभै महिला शसक्तिकरण, जिविकोपार्जन, समावेशिता संगै प्राकृतिक श्रोत साधनमा स्थानीय समूूह र समुदायको अधिकारका लागि पनि आवाज उठाउदै आएको बताए ।
त्यस्तै केन्द्रिय सदस्य प्रेमा अधिकारीले महिलाहरुलाई जिविकोपार्जनदेखि नेतृत्व विकाससम्मका विभिन्न चरणमा बन समूूहका गतिविधिले मदत गरेको जानकारी दिएकी छन् । दोहोरो, तेहरो कर प्रणालीको अन्त्य र सामुदायिक वन समूूहमैत्री नीतिनियमका लागि आफूूूहरुले केन्द्रमा पहल गरिरहेको समेत जानकारी दिएकी छन् । विशिष्ट अतिथि एबम् गाउँपालिका उपाध्यक्ष राम बहादुुर बस्नेतले बन महासंघले स्थानीय सरकारसित समन्वय गर्नुुपर्ने र पालिकास्तरबाट हुन सक्ने सहयोग पनि पाउने बताए । प्रमुख अतिथि एबं गाउँपालिका अध्यक्ष भरत गिरीले बन महासंघले पालिकामा समन्वय गर्नुुपर्ने मात्रै पालिकास्तरबाट गर्न सकिने कामहरु अगाडि बढ्ने बताए । उनले बनसम्बन्धी नीति नियम बनिसकेको र कतिपय नीतिनियम संघीय कानूूूनसित बाझिने अवस्था आउदा कार्यान्वयनमा समस्या आईरहेको पनि स्पष्ट पारे । कार्यक्रमका सभाध्यक्ष बुुढाथोकीले आफ्नो कार्यकालमा कोरोना महामारी लगायत विविध कारणले महासंघमार्फत गर्नुपर्ने कामहरु अपेक्षित रुपमा गर्न नसकेता पनि अब आउने नेतृत्वलाई सहज हुने बताए । त्यस्तै बनक्षेत्रको सम्भाव्यताका आधारमा कृषि बन, पर्यटन बन लगायतका बनविकास गरी समूूहले लाभ लिन सकिने प्रशस्त सम्भावना देखिएको र प्रस्ताव तयार गरी पालिकामा पेश समेत गरेको बताउदै विविध कारणले कार्यान्वयन हुन नसकेको जानकारी दिए । सम्मेलनबाट सर्वसम्मतरुपमा महासंघको दोस्रो कार्यकालका लागि मनविर बस्नेतको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन भएको छ । जस अनुसार उपाध्यक्षमा नरेश परियार, सचिव प्रेम कुुमारी बुुढाथोकी र कोषाध्यक्षमा तारा गिरी चयन भएकी छन् । न्यसैगरी मनबीर बुुढाथोकीको संयोजकत्वमा ३ सदस्यीय न्यायिक समिति र रिता रेउलेको संयोजकत्वमा ३ सदस्यीय लेखा तथा अनुुगमन समिति पनि चयन गरिएको छ । त्यस्तै जिल्ला प्रतिनिधिका लागि ४ महिला ४ पुुरुष र प्रदेश प्रतिनिधिका लागि ४ महिला र ४ पुुरुष समेत छनौट गरिएको छ । निर्वाचित पदाधिकारी तथा प्रतिनिधिहरुलाई कार्यक्रमका विशिष्ट अतिथि तथा गाउँपालिका उपाध्यक्ष राम बहादुुर बस्नेतद्वारा महासंघको विधान बमोजिम सपथ ग्रहण गराईएको छ ।
