चैत २५, सल्यान ।
सल्यानमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका वडा न. २ डाँडागाउँका ४२ बर्षीय प्रलाद शाहको करेन्ट लागेर मृत्यु भएको हो । शनिबार करिब ३:५० बजेको समयमा छत्रेश्वरी गाउँपालिका वडा नं. १ दमाचौरमा world link (wifi) फाईबर लाईन बिस्तार गर्नकोलागी बिद्युतको पोलमा सिढि लगाउने क्रममा एक्कासी करेन्ट लागी शाह गम्भीर घाइते भएका थिए ।
घाइते उनलाइ स्थानिय दिर्घायु मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागी जिल्ला अस्पताल सल्यानमा पठाइएकोमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ । शाह world link (wifi) श्रीनगर सल्यानमा कार्यरत थिए ।
