सल्यान २६ भदौ ।
सल्यान जिल्ला बागचौर नगरपालिका वडा १ कोटबेतका दुई जना महिला घरबाट सम्पर्क बिहिन भएका छन् । उल्लेखित ठेगानाका चक्र बहादुर कामीको श्रीमती २८ बर्षिय नन्दकली बि.क र डम्मर कामीकी श्रीमती ३४ वर्षिय कबिता बि.क भाद्र २२ गते देखि घर परिवारबाट सम्पर्क बिहिन भएका छन् । उनिहरु दुबै जनाका श्रीमान रोजगारीको शिलसिलामा भारतमा रहेका छन् । उनिहरुको हालसम्म खोजि गर्दा पनि कतै फेला नगरेकोले कतै देख्ने अथवा फेला पार्नुहुने जो कोहीले पनि नजिकैको प्रहरी कार्यालयमा खवर गदिनुहुना वा घरपरिवारलाई सम्पर्क गरिदिन उनिहरुका श्रीमानले अनुरोध गरेका छन् ।

