सल्यान, १३ जेठ २०७९
सल्यानको निराजन मा.बि आत्मनिर्भर कोषमा पुर्व विद्यार्थी द्धारा नगद ९०,१७४ सहयोग प्रदान गरेका छन ।
निराजन मा.बि ढोरचौर स्कुल बाट २०६९ सालमा एस.एल.सि दिएका विद्यार्थीहरुले निराजन मा.बि द्धारा सन्चालित निराजन मा.बि आत्मनिर्भर कोषमा ९०,१७४ रुपैया आर्थिक सहयोग गरेका छन । पुर्व विद्यार्थी द्धारा आयोजित शुक्रबारे कार्यक्रमको अबसर पारी अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षा १-५ सम्मको कुर्सी डौड त्यसैगरी ६-८ सम्मको हिज्जे र ९-१२ को हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको शिक्षक पुनम जि मगरले जनाएका छन ।
प्रतियोगितामा प्रथम दिर्तिय र तृतिय स्थान आउने लाई पुरस्कार बितरण गरिएको हो । उक्त कार्यक्रममा बोल्दै निराजन मा बि का प्र.अ धर्म राज घर्तीले निराजन मा.बि आत्मनिर्भर कोषलाई सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी हातहरु लाई धन्यवाद दिदै आगामी दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा विद्यालयले राखेको र एउटा पबित्र मन्दिरमा दान गरेकोमा सहयोग गर्ने सम्पुर्ण विद्यार्थी लाई धन्यवाद ज्ञापन गरेका हुन । हाल सम्म उक्त कोषमा २० लाख नब्बे हजार एक सय चौहत्तर रुपैया जम्मा भएको प्र.अ धर्म राज घर्तीले जनाए ।
