सल्यान ०६ बैशाख ।
दार्मा गाउपालिका वडा नम्बर ६ मा आउदो स्थानिय तहको निर्वाचनमा वडा अध्यक्षका लागि आफुले स्वतन्त्र उम्मेदवारी दिने एक युवाले घोषणा गरेका छन् । दार्मा गाउँपालिका वडा नम्बर ६ को भुर्तिवाङ्ग तिलाडाडाँ निवासी बसन्त किरण बस्नेतले आफुले वडा अध्यक्षका लागि स्वतन्त्र उम्मेदवार दिने घोषणा गरेको जानकारी गराएका छन् । उनले पार्टी भन्दा पनि व्यक्तिलाई चिन्ने भन्दै स्वतन्त्र उम्मेदवार जिताउना वडा बासीलाई अनुरोेध समेत गरेका छन् । उनले आफुले जिते पछि यो पार्टी उ पार्टी भन्दा समग्र वडाको विकासका लागि आफु प्रतिबद्द भएर लाग्ने घोषणा पत्र समेत सार्वजानिक गरेका छन् । अहिले छलफल तथा भेटघाटमा व्यस्त भएका भन्दै चुनाव चिन्ह् पाए पछि घरदैलो अभियानमा आफु लाग्ने उनले बताए ।
यस्तो छ स्वतन्त्र उम्मेदवार बस्नेतले तयार पारेको घोषणा पत्र ।



