फाल्गुनण २७ सल्यान ।
सल्यानको कालिमाटी गाउँपालिकाले गाउँपालिकाको प्रशासनिक कार्यालय देखि ७ वटै वडाका वडा कार्यलयहरु निमार्ण गरिसकको छ । जिल्लाको तुलनामा अन्य पालिकाहरुले पालिका भवन निर्माण गरेपनि वडा कार्यालयहरु निर्माण गरिसकेका छैनान । सल्यानका १० वटा स्थानिय तहका ८३ वटा वडाहरु मध्ये अधिकामंस वडा कार्यलयहरु भाडामा छन् । सल्यानका स्थानिय तहहरुका संरचनाहरु गर्ने निर्माण गर्ने मामिलाला कालिमाटी गाउँपालिका अग्रसर दखिएको छ । गत सोमबार कालिमाटी गाउँपालिकाले एक कार्यक्रमका बिच तामझामका साथ गाउँपालिकाको प्रशासकीय भवन उद्धघाटन सम्पन गरेको छ । कालीमाटी गाउँपालिका अध्यक्ष दान बहादुर खत्री के.सी, उपाध्यक्ष सनसिल्लता वली डि.सी र कालीमाटी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हरी बहादुर खत्रीले रिवन काटेर कार्यालय भवन उद्धघाटन गरेका छन । कार्यालय भवन २ करोड ३४ लाख ७५ हजार लागतमा अहिलेलाई एक फलाईट मात्र निर्माण भएको छ ।
कार्यालय भवन उद्धघाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष्ँ खत्रीले आफु निर्वाचित भए देखि यो पाँच बर्षको अवधिमा गाउँपालिका भित्र उलेख्नीय विकास भएको बताएका छन् । उनले आफ्नो कार्याकालमा गाउँपालिकामा यातायात, बिधुत, खानेपानि, सिचाई, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा बिकाशले गति लिएको बताए । कालीमाटी गाउँपालिका भौगोलिक बिकटता भएको जस्तो गरी राज्यले हेर्ने दृष्टिले फरक भएकाले पहिले यस क्षेत्रको बिकास हुन नसकेको बताए । तर संघियता सगै स्थापित भएका स्थानियतह मध्ये कालीमाटी गाउँपालिका हिजो जस्तो नभएको आज बिकासले मुहार फेरेको बताए । जनताले बिजुली बत्तीको स्वीच अन गरे जस्तै गरी देख्न पाएकोले आफ्नो कार्यकाल सफल भएको ठोकुवा गरे । गाउँपालिकामा गत बर्ष नै वडा १ ,२ र ३ मा बिजुली बत्तिपनि उद्घाटन गरिसकेको छ । तेस्तै कर्णाली प्रदेश जाने बाटोमा सहजै आवत जावत गर्ने सडक बिकासले पनि नागरिकमा यातायात सास्ती कम भएकाले आफ्नो कार्यकाल सफल भएको उनले प्रस्ट पारेका छन् । उनले जनताका सामु चुनाबको बेला गरेको घोषणाहरु पुरा गरेका बताएका छन् । 
तेस्तै गाउँपालिका उपाध्यक्ष सनसिल्लता वली डि.सी ले यस गाउँपालिकाबाट प्रदान गरीने कामकाज अब पालिकाको प्रशासकीय कार्यालय र वडा कार्यलय बाट सेवा प्रवाह गर्न सजह हुने बताईन । उनले आफनो कार्यकालमा गाउँपालिकामा थुपै्र महत्वपुर्ण कार्यहरु भएको बताएकी छन् । उनले देश संघियतामा गए संग आफ्नो पाहिलो कार्यकाल भएकाले केहि कुरा सिकाई भएको पनि बताईन ।

कार्यक्रममा गाउँपालिका भवन निर्माणको लागि निशुल्क जग्गा दान गर्ने जग्गादाताहरुलाई सम्मान समेत गरिएको छ । भवन निर्माणका लागि स्थानिय नन्दलाल पौडेलले १ रोपनी ८ आना, बेत प्रसाद भुसाल १३ आना, हिमाल खत्री ८ आना, उदय बहादुर खत्री ६ आना, हिम बहादुर खत्री ६ आना, प्रताप सि खत्री ६ आना, पुर्ण बहादुर खत्रीले ५ आना निशुल्क जग्गा दान गरेका छन् । तेस्तै शिव बहादुर खत्रीले ५ आना, निर्मल खत्री ५ आना, सरोज खत्री ५ आना, नेत्र लाल खत्री, टिक बहादुर खत्री २ आना र कमल खत्री १ आना २ पैसा निशुल्क जग्गा दान गरेका छन् । उनिहरु सबैलाई गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतले दोसल्ला उडाएर सम्मान गरेका छन् ।

तेस्तै कालीमाटी गाउँपालिका वडा नं १, ३, ४ र ६ को वडा कार्यालय भवन पनि यसै साता उद्घाटन गरिएको छ । ७०÷७० लाखमा निर्माण गरिएका एउटै डिजाईनका पक्कि वडा भवन क्र.मस फाल्गुण २२, २३, २४ र २५ गते उद्घाटन गरिएको छ । वडा न ५ को वडा भवन भने पहिले नै निर्माण गरिएको र २ र ७ को वडा कार्यलय भने गत वर्ष नै उद्घाटन भईसकेको गाउँपालिकाले जनाएको छ ।


