सल्यान १५, माघ ।
सल्यानमा जात व्यवस्था उन्मुलन मार्चा गठन गरीएको छ । जात व्यवस्था उन्मुलन मार्चा कर्णाली प्रदेश संयोजक निश्चल परियारको उपस्थितिमा सल्यान जिल्ला कमिटी गठन गरीएको छ । खेम सार्की को संयोजकत्वमा १३ सदस्यि जात व्यवस्था उन्मुलन मार्चा जिल्ला कमिटी सल्यान गठन गरिएको छ । जसको सदस्यहरुमा जिवन परियार, डिल्ली बहादुर बि.क, भुपेन्द्र भण्डारी, रमेश परियार, रबिन भण्डारी, पदम नेपाली, थलराज सार्की, राजु परियार रहेका छन् । मार्चाले देशभर जात व्यवस्थालाई अन्त्य गरी समतामा आधारित नेपालको निर्माण गर्न कमिटी गठन गरिरहेका प्रदेश संयोजक परियारले बताए ।
