पुस २४, सल्यान ।

नेकपा एमाले सल्यानको पदाधिकारीमा पुरानै टिम दोहोरिएको छ । शनिबार भएको नवौं जिल्ला सम्मेलनको बन्दसत्रबाट पुरानै टिमलाई सर्वसम्मत दोहोर्याइएको हो ।

अध्यक्षमा गोविन्द पुन, उपाध्यक्षमा भीम बहादुर सेन, सचिवमा ओज बहादुर बुढाथोकी उपसचिवमा दान बहादुर केसी र पुष्पा बोहोरा भएका छन् ।

सचिव बुढाथोकी आठौं जिल्ला अधिवेशनमा एमाले सिंगो हुँदा अहिलेका एकीकृत समाजवादीका जिल्ला सचिव रमेश गौतमसँग पराजित भएका हुन् भने उपसचिव बोहरा नयाँ हुन् ।

यसबाहेक अरु सबै पुराना पदाधिकारी हुन् । अहिले सदस्यहरुको ८३ जनाको टुंगो लागेको र बाँकी मनोनित गरिने बताइएको छ । सदस्यको लिष्ट भने लिष्ट आउन बाँकी छ ।