पौष १७, सल्यान ।
नेकपा (एमाले) निकट पेशागत महासंघ सल्यानको ५ औं जिल्ला अधिबेशन भव्यताका साथ सम्पन्न भएको छ । अबिधेशनबाट परशुराम वलीको अध्यक्षतामा १५ सदस्यि जिल्ला कमिटी गठन गरीएको छ । तेस्तै उपाध्यक्षमा बिष्णु भण्डारी, महिला उपाध्यक्षमा ध्रुवा कुमरी थापा, सचिबमा दिपक बस्नेत, सह–सचिवमा प्रकाश वली, कोषाध्यक्षमा गणेश शर्मा भण्डारी, सदस्यहरुमा विपना बुढा मगर, अम्मर थापा, विकाश डि.सी, नोखिराम थापा, केशरी श्रेष्ठ, बिमल पौडल, छबि बुढाथोकी र टोपलाल बुढाथोकी सर्वसम्वत चयन भएका छन् । सल्यान खल∙ा जिल्ला संमन्वय समितिको सभाहलमा आज भएको महासंघ सल्यानको ५ औं जिल्ला अधिबेशनलाई नेकपा एमाले सल्यानका अध्यक्ष गोबिन्द कुमार पुनले उद्घाटन गरेका थिए । कार्यक्रमलाई नेकपा एमाले सल्यानका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि गोबिन्द कुमार पुन, नेकपा एमाले प्रदेश कमिटी सदस्य लोक बहादुर डाँगी, नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष भिम बहादुर सेन, नेकपा एमाले जिल्ला कमिटी उप–सचिव दान बहादुर के.सी, नेकपा एमाले प्रदेश कमिटी सदस्य मनोज सिंह, पेशागत महासंघ नेपालका केन्द्रिय सदस्य शिव प्रशाद सापकोटा, महासंघ कर्णाली प्रदेश कमिटी अध्यक्ष राम बहादुर शाही, राष्ट्रिय शिक्षक संगठन सल्यानका अध्यक्ष बिन्दुर के.सी पे्रस चौतारी नेपालका केन्द्रिय सदस्य सन्तोष जि.एम लगायतले अबिधेशन सफलताको शुभकामना दिएका थिए । धुर्व बहादुर खत्रिको स्वगत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रमको संचालन देवन्द्र सेनले गरेका थिए । कर्यक्रममा नेकपा एमालेका नेतागण तथा सल्यानका १० वटै स्थानिय तहका बिभिन्न पेशाहरु अबद्ध कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रमका फोटाहरु




