पुस ९,सल्यान ।
समाजवादी प्रेस संगठन नेपाल, जिल्ला कार्य समिति सल्यानको अध्यक्षमा बुद्धि पुन सर्वसम्मत निर्वाचित भएका छन् । पार्टी अध्यक्ष माधव नेपाल र उपमहासचिव प्रकाश ज्वालाको बिशेष उपस्थितिमा शुक्रवार पुनको अध्यक्षतामा २ सदस्य पछि थपगर्ने गरी १५ सदस्यीय जिल्ला कार्यसमिति घोषणा गरिएको हो ।
जसको उपाध्यक्षमा बामदेव केसी र मेघा रेउले, सचिवमा खेमराज सुनार, सहसचिवमा गोबिन्द आचार्य र करेस्मा गिरी तथा कोषाध्यक्षमा महेश कुमार वली रहनुभएको छ ।
यस्तै सदस्यहरुमा सुनिल वली, लिला कुमारी वली, सुरेन्द चन्द, धिरेन्द्र परियार, भवानी बुढाथोकी, राधिका कवर र अनुनिश्चल बिक रहेका छन् ।
