मंसिर १२ गते, २०७८ आइतवार

नेपालगञ्जबाट जाजरकोटका जाँदै गरेको बस दुर्घटना भएको छ। दुर्घटना पाँच जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।

नेपालगञ्जबाट छुटेको ना ६ ख २७५७ नम्बरको बस गए राति २ बजेतिर जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौरमा दुर्घटनामा परेको जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिए।

बसमा ३२ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ।मृतकहरुको सनाखत भइसकेको छैन।

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।