३ मंसिर २०७८

राष्ट्रिय संगीतकर्मी संघको पाँचौ महाधिवेशनको उद्घाटन आज शुक्रबार हुने भएको छ । संघका उपाध्यक्ष रमेश दुलालका अनुसार राष्ट्रिय संगीतकर्मी संघ नेपालका सम्पुर्ण बिधाका कलाकारहरू अट्ने छाता संगठन एवं साझा संस्थाको पाँचौं अधिवेशन हुन लागेको हो ।
उपाध्यक्ष दुलालले शुक्रबार र शनिबार काठमाडौंको भृकुटीमण्डपमा हुने महाधिवेशनमा सम्पुर्ण संगीतप्रेमी महानुभावहरूलाई निमन्त्रणा गरिएको जानकारी दिनुभयो ।

महाधिवेशनको उद्घाटन नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री प्रेम आलेले गर्ने कार्यक्रम छ । महाधिवेशनको उद्घाटन समारोह बिहान ११ बजेबाट भृकुटीमण्डपमा हुने र बन्द सत्र प्रज्ञा भवन कमलादीमा सुरु भई मंसिर ४ गते सम्म चल्ने उपाध्यक्ष दुलालले बताउनु भएको छ ।

पाँचौ महाधिवेशनलाई सफल बनाउन राष्ट्रिय संगीतकर्मी जिल्ला शाखा सल्यान बाट हिरा अञ्जली आर एम, टीका मगर, डम्बर घर्ती, सरिता बिष्ट, युवराज वलि गरि पाच जना प्रतिनिधि पठाइएको जिल्ला अध्यक्ष कुल बहादुर वलिले जानकारी दिनु भएको छ ।