सल्यान १९, असोज ।

सामुदायमा आधारित सामुदायिक संस्था र सामुदायिक समुहका सदस्यहरुका लागि वकालतिय रणनिति योजना कार्यशाला गोष्ठि शिद्धकुमाख गाउँपालिकामा सुरु भएको छ । सुसासनमा नागरिक सहभागिता कार्यक्रम अन्तर्गत सुरु भएको कार्यशाला गोष्ठि तिन दिन सम्म संचालन हुनेछ । समुदायमा भएका समस्यालाई पहिचान गरि कारण पत्ता लागाई स्थानिय सरकार संग समधानका उपायको दाबि गर्न रणनिति योजना निर्माण गर्न सहयोग गर्ने तालिमको मुख्य उदेश्य रहेको छ । समुदायका समस्या नागरिकका गुनासा, नागरिकको योजना निर्मानमा सहभागिता, योजना कार्यन्वयनमा सहभागिता, निति निर्माण प्रक्रियामा सहभागिता, अनुगमन मुल्याङकणमा नागरिकको सहभागिता लगायत बिषयमा यस तालिमले सहयोग पु¥याउने छ । तालिममा शिद्धकुमाख गाउँपालिकाका सबै वडाका सामुदायिक समुह र सुसासनका लागि युवा मन्च का सदश्य गरी १० वटा समुहका २० जना सहभागि भएका छन् । सुसासनमा नागरिक सहभागिता कार्यक्रम युरोपियन युनियनको आर्थिक सहयोगमा दलित बिकाश समाज सल्यानद्धारा सल्यानको दार्मा गाउँपालिका, शिद्धकुमाख गाउँपालिका, त्रिवेणी गाउँपालिका, कपुरकोट गाउँपालिका र कालिमाटी गाउँपालिकामा संचालन भईरहेको दलित बिकास समाज सल्यानका कार्यक्रम संयोजक गुमानसिंह नेपालीले बताए । शिद्धकुमाख गाउँपालिकामा सोमबार देखि सुरु भएको कार्यशाला गोष्ठि बुधबार सकिने छ । गोष्ठिको सहजिकरण दलित बिकास समाज सल्यानका कार्यक्रम संयोजक गुमानसिंह नेपाली र समुदायिक सहजकर्ता टिकाराम बि.कले गरीरहेका छन् । हिजो भएको तालिमको उद्घाटन शिद्धकुमाख गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउने , प्रमुख प्रशासकिय अधिकृत मार्शल कुमार वली र वडा न. ५ का अध्यक्ष नन्दलाल बोहोराले गरेका थिए ।