असोज ६ सल्यान                                                      कपुरकोट गाउँ पालिका २ दानबाङ्ग सल्यानमा आज भलिबल प्रतियोगिता समापन भएको छ। परापूर्व काल देखि लाग्दै आएको भदौ शुक्ल पुर्णिमाका दिन लाग्ने पौराणिक दानबाङ मेलाको अवसर पारेर असोज ४ गते स्वास्थका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ सुरु भएको भलिबल प्रतियोगिता आज ६ गते समापन गरिएको छ । भिम बहादुर बुढाको सभापतित्वमा सुरु भएको समापन कार्यक्रममा प्रमुख अतिथि गापा अध्यक्ष भिम बहादुर सेन, बिशिस्ट अतिथी २ का वडा अध्यक्ष मान बहादुर राणा, अतिथिहरु तरुण दल क्षेत्र नम्बर २ का सभापति एकराज वलि, पत्रकार महासंघ सल्यानका उपाध्यक्ष शंकर के. शि., समाजसेवी श्याम महतारा, दलित बिध्यार्थी संघ दाङका अध्यक्ष कलसिङ बि. क., तरुण दल कपुरकोट गापाका अध्यक्ष कुबेर के शि, सुरक्षाकर्मी, संचारकर्मी, खेलाडी लगाएत भिबिन्न तह तप्कका ब्यक्तित्वहरुको सहभागिता भएको थियो।
भलिवल प्रतियोगितामा प्रथम स्थान थ्रिस्टार युवा क्लव कपुरकोट ३, द्वतीय स्थान आयोजक टिम कपुरकोट २ र तृतीय स्थान सनराइज युवा क्लव लुहामले हात पारेको थियो भने उक्त भलिबल प्रतियोगितामा १६ वटा टिमले सहभागी जनाएका थिए।
समापन कार्यक्रमको प्रमुख अतिथि समेत रहेका गापा अध्यक्ष सेनले जित्ने टिमलाई बधाई दिदै पराजित हुने टिमलाई आगामी दिनमा अझ तयारिका साथ विभिन्न ठाउमा हुने भलिबल खेलमा सहभागी हुनको लागि आग्रह समेत गरेका थिए। त्यसैगरी खेल क्षेत्रलाई अगाडि बढाउनको निमित्त गापा बाट हुने कुनै पनि सहयोग गर्ने जानकारी दिएका दिदै खेल हेर्नको निम्ति उपस्थित हुने महिला दिदिबहिनीहरुको उल्लेखनीय सहभागिता देखेर खुसी पनि व्यक्त गरेका थिए।                                        त्यसैगरी क्षेत्र नम्बर २ का सभापति यगराज वलिले पनि सोही कार्यक्रममा बोल्दै खेल जिबनको महत्वपूर्ण पाटो हो। खेलले स्वस्थ जीवन रहनका लागि प्रेरित गर्ने र महामारीको रुपमा फैलिएको कोरोना जस्ता रोगलाई जित्नको लागि पनि खेल खेल्नुपर्छ । नियमित शारीरिक एक्स साइज गर्नुपर्ने बताउदै खेलाडीहरुलाई हौसला स्वरुप शुभकामना दिएका थिए। त्यसैगरी जित्ने टिमलाई बधाई सङ्गै पराजित जिमलाई अझ सशक्त रुपमा खेल खेल्न अनुरोध गर्दै खेल क्षेत्रमा इट्टा थपेर खेल प्रतियोगिता खेलाउने आयोजक टिमलाई धन्यवाद व्यक्त गरेका थिए।