भाद्र १५, सल्यान ।

राप्ती साहित्य परिषद सल्यानले साहित्यसेवी १५६ औं मोति जयन्तीको अवसर पारी राप्ती गजल संगम कार्यक्रम २०७८ गर्ने भएको छ । सल्यान, दाङ्ग र रोल्पाका ३९३ जना गजलकार गरि जम्मा ९ जना गजलकारहरुको उक्त कार्यक्रममा सहभागिता रहने राप्ती साहित्य परिषद् सल्यानले जनाएको छ । कला साहित्य र सङ्गितलाई निरन्तर प्राथमिकतामा राख्दै थप साहित्य उजागरका साथै बृद्दिको लागि राप्ती साहित्य परिषद् सल्यानले गर्ने कार्यक्रम बिल्कुल फरक शैली र साहित्यका सबै बिधालाई उत्तिकै महत्वका साथै उच्च समानको रुपमा न्याय दिन सक्ने गरि कार्यक्रम गर्ने कुरा परिषदका अध्यक्ष प्रविन भन्डारीले जानकारी दिएछन् ।

अहिलेको समयमा साहित्य क्षेत्र निकै प्रभावकारी बन्दै आएको यो अवस्थामा राप्ती साहित्य परिषद सल्यानले पनि विभिन्न कार्यक्रमका साथ आफ्नो जिम्मेवारी पूरा गर्दै जादै गर्ने क्रममा पहिलो सल्यान कविता सङ्ग्राम कार्यक्रम २०७८ पछि राप्ती गजल सङ्ग्राम कार्यक्रम २०७८ गर्न लागेको कुरा परिषदका सचिव तारादेव शर्मा प्रदर्शनले बताएका छन् ।

साथै अनलाइन मार्फत सञ्चालन भएको पहिलो सल्यान कविता सङ्ग्राम कार्यक्रम २०७८ कोभिड १९ को कारणले केही समय पछि पर्न गएको र उक्त प्रतियोगिताको स्टेज कार्यक्रम आउँदो असोज महिनामा हुने कुरा पनि उनले जानकारी दिएका हुन्।

राप्ती गजल सङ्गम कार्यक्रम २०७८ सल्यानको खलंगामा हुने भएको छ । उक्त कार्यक्रममा सल्यानका राजेन्द्र जिएम , सृजना देवकोटा , वाईबी जिएम दाङ् बाट प्रतीक सङ्ग्रामी , भुमी क्षेत्री , आशिष् कल्पबृक्ष र रोल्पाबाट सन्तोष मगर, सपना डागी ,दिलकुमारी बुढामगरले गजलहरु प्रस्तुत गर्ने सचिव शर्माले जानकारी दिएका छन् ।