सल्यान ९ भाद्र ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ जिल्ला शाखा सल्यानले हिजो बागचौर नगरपालिकामा नगरस्तरिय खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ गठन गरेको छ । उपभोक्ता महासंघ जिल्ला शाखा सल्यानको आयोजनामा बिभिन्न खानेपानी तथा सरसफाई उपभोक्ता समितिहरुको उपस्थितिमा भएको भेलाले नगरस्तिरिय खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ गठन गरेको छ । नगरस्तिरिय खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको अध्यक्षमा टोप बहादुर वली, उपाअध्यमा पहलमान डाँगी, सचिबमा हिरालाल के.सी, कोषाअध्यमा वेगमा घर्ती र सह–सचिवमा दुर्गा वली रहेको छन् । तेस्तै सदश्यहरुमा दोर्ण कुमार शर्मा, कमला सुनार, ईन्द्र बहादुर बस्नेत, गिता के.सी, साबित्रा बस्नेत, र लोकराज डि.सी रहेका छन् । कार्यक्रममा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ जिल्ला शाखा सल्यानका अध्यक्ष पुर्ण चन्द्र राई , गै.स.स जिल्ला शाखा सल्यानका सचिब ज्ञानेश्वर के.सी, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ जिल्ला शाखा सल्यानका सचिब राजेश बि.क, सह सचिब पे्रम डाँगी लागायतको सहभागिता रहेको थियो । 
