सल्यान २, असार ।
जननायक बि.पि कोइरालाबाट व्यक्त विचार, प्रतिपादित निति र अवधारणालाई देश भरिनै पु¥याउने उद्देश्यका साथ गठन भएको नेपालि काँग्रेसको भातृ संगठन बि.पी कोइराला युवा नेतृत्व विकास मन्च सल्यानको कपुरकोट गाँउपालिकामा पनि गठन गरिएको छ । कपुरकोट गाँउपालिकामा बलराज बि.क लाई बि.पी कोइराला युवा नेतृत्व विकास मन्चको संयोजक तोकिएको छ । आज पालिकामा गठन गरिएको र बलराज बि.कको नेतृत्वमा अब गाउँपालिकाको सबै वडाहरुमा पनि गठन गरिने दलित बिध्यार्थी संघ दाङ्गको अध्यक्ष कलसिङ बि.क. ले जानकारी दिएका छन। मन्चले लोकतन्त्रमा विश्वास राख्ने, लोकतन्त्रमा आफनो भविष्य खोज्ने लोकतन्त्रमै सम्मुन्नत नेपालको सपना देख्ने, युवाहरुको नेतृत्व एवमं व्यक्तिव विकास गर्न बि.पी कोइराला युवा नेतृत्व विकास मन्चको गठन गरिएको छ ।

No description available.