सल्यान २२,बैशाख ।
कालिमाटी गाँउपालिकामा खरको छाना बिस्तापित कार्यक्रम अन्तर्गत जस्ता पाता वितरणको कार्य शुभारम्भ गरिएको छ । कालिमाटी गाँउपालिको बार्षिक स्विकृत कार्यक्रम अनुसार यस बर्षमा कालिमाटी गाँउपालिकाका ७ वटाका १८÷१८ घरधुरीलाई जस्ता पाता वितरण गर्न लागिएको छ । जसबाट गाँउपालिका भरीका १२६ घरधुरी जस्तापाता पाउने भएका छन् । जसको लागि सम्बन्धित वडाको सिफारिसको आधारमा अति बिपन्न,असहाय तथा असक्त परिवारलाई पाहिलो चरणमा जस्ता पाता वितरण गर्न लागिएको गाँउपालिकाका योजना शाखा प्रमुख दिप बहादुर वलीले जानकारी गराएका छन् । कालिमाटी गाँउपालिकामा जस्ता पाता वितरण कार्यक्रमको लागि यस आर्थिक बर्षमा ५० लाख रुपैंया बिनियोजन गरीएको छ । उक्त कार्यक्रम संघिय सरकारको पनि भएको र यस आर्थिक बर्षमा भने गाँउपालिकाले नै पुरै बजेटको व्यवस्था गरेको छ । गाँउपालिकाले आगामी बर्षमा कालिमाटी गाँउपालिकामा खरको छाना मुक्त गरिने लक्ष्य लिएको वलिले जानकारी दिएका छन् । गाँउपालिकाले यस बर्ष ठेक्का टेन्डर मार्फत जस्ता पाता खरिद गरिसकेको बताएको छ ।