चैत २३,सल्यान नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । प्रेस चौतारीको तर्फबाट मिना बुढाथोकी र प्रेस युनियन नेपालको तर्फबाट नविन पौडेललको अध्यक्षमा उम्मेदवारी परेको हो ।
खुला उपाध्यक्षमा तिलकराज ओलि र शंकर केसी, महिला उपाध्यक्षमा सरिता चलाउने र पुष्पारिजन डिसीको उम्मेदवारी परेको छ । सचिवमा टिकाराम भण्डारी, खकेन्द्र केसी, समावेशी सहसचिव बुद्धिमान पुन, र चुडामणि पुन, सहसचिव खुल्ला तर्फ आशिष केसी, हिमाल उपाध्याय र कोषाध्यक्षमा शिवलाल डाँगी, विरेन्द्र डिसीको उम्मेदवारी परेको छ । महिला खुल्ला सदस्यमा मेघा रेउले, दलित सदस्यमा खेमराज स्वर्णकार, शारदा विक, जनजाति सदस्य हरिप्रकाश पुन, अन्य समावेशी अपांगता गोपाल शर्माको उम्मेदवारी परेको छ ।
यस्तै खुल्ला सदस्यमा अमृत बुढाथोकी, नोखिराम थापा विक।, संजिव श्रवण देवकोटा, लोकमान चन्द, कृतिराज वली, पदम गिरी, गोविन्द प्रसाद शर्मा, महश कुमार वली, महेश कुमार ओली, इन्द्र बहादुर बुढाथोकी र भरत देवकोटाको उम्मेदवारी परेको छ । पौडेललाई युनियन,चौतारी केपि प्यानल र जनपत्रकार संघको सहयोग रहेको छ भने बुढाथोकीलाई चौतारी माधव प्यानल र प्रेस संगठनको सहयोग रहेको छ ।
तीन जना निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानमा आइतबार परेको उम्मेवारी मनोयनमा तीन जना निर्विरोध निर्वाचित भएका छन् । खुल्ला महिला सदस्यमा मेघा रेउले, जनजाती सदस्यमा हरि प्रकाश पुन र समावेशी सदस्यमा गोपाल शर्मा निर्विरोध निर्वाचित भएका हुन ।
