सल्यान २०८३ असार ५ गते ।
पछिल्लो अबस्थामा जलवायु परिवर्तनको प्रभावले विभिन्न क्षेत्रहरुमा असर परिरहेको वेला कृषकहरुलाइ जलवायुमैत्री कृषी प्रणाली तर्फ उन्मुख गराउन सल्यान जिल्लाको कपुरकोट गाँउपालिकामा जलवायु परिवर्तन स्थानीय अनुकुलन परियोजना अन्तरगत जलवायुमैत्री अगुवा कृषक तालिम विहिवार देखी सुरु गरिएको छ ।

कृषी क्षेत्रमा विषादीको प्रयोग बढीरहेका बेला यसको न्युनिकरण गर्न जैविक मल तयारी तथा प्लाष्टिक जन्य वस्तुहरुलाइ सही सदुपयोग गरी कृषी क्षेत्रमा कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्ने सन्दर्भमा ब्यापक छलफल गरिएको थियो । बेकार बाट आविश्कार भन्ने मुल अबधारणा सहित विहिवार तालिमका सहभागीहरु लाइ खेर गएका प्लाष्टिक वोतलहरु वाट डोरी तयार गर्ने सिप सिकाइएको थियो । सामान्य प्रविधिवाट पनी खेर फाल्ने गरेका प्लाष्टिक बोतलहरु बाट डोरी तयार गर्ने सिप सिक्न पाउदा कृषकहरु खुसी बनेका थिए , यसलाइ उनिहरुले कृषी क्षेत्रमा आबश्यक हुने डोरीहरु सहजै तयार गरी प्रयोगमा ल्याउने प्रतिबद्धता जनाएका थिए ।

कृषकहरुलाइ भर्मी कम्पोष्ट मल तयार गर्ने विधीको वारेमा अभ्यास गराइएको थियो भने वनमारा झारको प्रयोग बाट बायोचार वनाउने तरिका सिकाइएको थियो । तालिमका प्रमुख प्रशिक्षक श्रीरेन्द्र प्रसाद पोख्रेलले खेर जाने प्लाष्टिक जन्य सामाग्रीहरु बाट कृषकहरुले बहुउपयोगी सामाग्रीहरु तयार गरी कृषी क्षेत्रमा विना लगानी प्रयोग गर्न सक्ने विधी सिकाउनु भएको थियो । वायोचार प्रविधीले कृषकहरुले फाइदा लिनुका साथै जलवायुमैत्री अभ्यासमा पनी टेवा पुर्याउने प्रशिक्षक पोख्रेलको भनाइ छ । तालिममा मानवमुत्र संकलन गरी कृषी क्षेत्रमा प्रयोग गर्न सकिने विषयमा जानकारी गराइएको थियो ।

अगुवा कृषक तालिमको उदघाटन सत्रमा बोल्दै कपुरकोट गाँउपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले जलवायु परिवर्तनको असर सबै क्षेत्रमा देखीरहेका वेला जलवायुमैत्री अभ्यासका कृयाकलापहरुमा लाग्न कृषकहरुलाइ आग्रह गर्नु भएको थियो । “गड्यौला बाट मल तयार गर्ने प्रविधि अत्यन्त लाभदायी छ,” अध्यक्ष पुनले भन्नुभयो( “यसले जैविक मल तयार गर्नमा कृषकहरुलाइ सहयोग त मिल्छ नै अझ अप्रत्यक्ष रुपमा आम मान्छेहरुको स्वास्थ्य सुधार ल्याउने हुदा म सबै जिम्मेवार भइ लाग्नु हुन अनुरोध गर्दछु ।”

कार्यक्रममा बोल्दै कपुरकोट गाँउपालिकाका उपाध्यक्ष प्रकाश भरारीले सामान्य तवरवाट पनी खेर जाने प्लाष्टिक जन्य वस्तुहरु वाट तयार गर्न सकिने उपयोगी सामाग्रीहरुले कृषकहरुको लगानीमा राम्रो सहयोग पुग्ने वताउनु भयो, साथै उहाँले गड्यौलाको प्रयोबाट तयार हुने कम्पोष्ट मल कपुरकोट क्षेत्रका कृषकहरुका लागी आबश्यक रहेको र अब यसको सुरुवात भएको धारणा राख्नु भयो ।

कपुरकोट गाँउपालिकाका निमीत्त प्रमुख प्रशासकिय अधिकृत मोहन खड्काले जलवायुमैत्री अभ्यासहरु बर्तमान सन्दर्भमा सबैले लागु गर्नु पर्नै बताउनु भयो । यसै गरी तालिम संग संगै मानव मुत्रलाइ कृषी क्षेत्रमा प्रयोग गरी कसरी फाइदा लिन सकिन्छ भन्ने सन्दर्भमा कपुरकोट गाँउपालिका वडा नं ५ मा रहेको जनज्योती स्कुलमा एक दिने अभिमुखीकरण तथा डेमो गर्न लागिएको लक परियोजना अधिकृत रेशम डिसी ले जानकारी दिनु भएको थियो ।

तिन दिन सम्म संचालन हुने तालिममा कपुरकोट गाँउपालिकाका छ वटा वडाहरु बाट बाइस जना अगुवा कृषकहरुको सहभागीता रहेको छ । तालिम पश्चात सहभागीहरु लाइ भर्मी कम्पोष्ट मल तयार गर्न गड्यौला र गड्यौला बेड पनि वितरण गरिने छ ।