सल्यान ,८ फाल्गुन । प्रतिनिधि सभा निर्वाचन २०८२ का उम्मेदवार तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलाबजंग शाहले बिहिवार सल्यानको श्रीनगरमा उद्योगी, व्यापारी र व्यवसायीसँग विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्नुभएको छ।
कार्यक्रममा प्रदेश कमिटी सदस्यहरू कुलबहादुर गिरी, सरिता हमाल, विभिन्न बौद्धिक व्यक्तित्व, उद्योगी–व्यवसायी, एमाले जिल्ला कमिटी र शारदा नगर कमिटीका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उम्मेदवार शाहले सल्यानका सबै वडा र टोलमा एमालेको लोकप्रियता रहेको उल्लेख गर्दै निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको बताए। उद्योग र व्यवसायको प्रवर्द्धनबिना समृद्धि सम्भव नहुने उल्लेख गर्दै उहाँले सल्यानका बजारहरूको व्यवस्थित विकास, स्थानीय उत्पादनको बजारीकरण र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमको सहजीकरण एमाले शारदा नगर कमिटी अध्यक्ष महेश देवकोटाले गर्नुभएको थियो ।

