जेठ १५, सल्यान ।
सल्यानमा १८ औं गणतन्त्र दिवस मनाईएको छ । दिवसको अवसरमा सल्यानको सदरमुकाम खलंगामा प्रभातफेरी कार्यक्रम तथा जिल्ला अस्पतालका विरामीलाई फलफूल वितरण लगायतको कार्यक्रम गरी दिवस मनाईएको छ । गणतन्त्र दिवसको अवसरमा बिहीबार बिहान सल्यान खलंगा पुरानो बसपार्कबाट सुरुभएको ¥याली ठन्डीसडक, जिल्ला हुलाक कार्यालय हुदै बजार परिक्रम गरी प्रभातफेरी निकालिएको थियो ।

दिवसका अवसरमा शुभकामना दिँदै जिल्ला समन्वय समिति सल्यानका प्रमुख वेलाराम रावलले जनआकाङ्क्क्षा सम्बोधन गर्ने दिशामा गणतन्त्रको सफल कार्यान्वयन गर्न सबै सरोकारवाला प्रतिबद्ध हुनुपर्ने बताउनु भयो । गणतन्त्र स्थापनाका लागि बलिदान दिने सहिदहरूको सपना साकार पार्न सबैले योगदान गर्नुपर्नेमा भनाइ छ । त्यसैगरी उपप्रमुख असविर बुढाथोकीले विभिन्न जनआन्दोलनबाट प्राप्त गणतन्त्र जोगाउन अझै संघर्ष आवश्यक रहेको दिनुभयो । त्यस्तै प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले राष्ट्रसेवकहरूले इमान्दारिता र निष्ठाका साथ गणतन्त्रको सम्मानमा कार्य गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतले कार्यक्रममा शुभकामना व्यक्त गर्दै देशप्रेम सम्बन्धी कविता वाचन गर्नुभएको थियो ।
त्यस्तै दिवसकै अवसरमा सल्यान अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल पनि बितरण गरिएको छ ।
कार्यक्रममा सरकारी कर्मचारी, सुरक्षाकर्मी, पत्रकार तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण जिल्ला समन्वय समितिका समन्वय अधिकारी राजन घिमिरेले गर्नुभएको थियो ।



