सल्यान ,मंसिर  २०

सल्यानमा धारिलो हतियार बन्चरो प्रहार गरि श्रीमानले श्रीमतीको हत्या गरेका छन । जिल्लाको सिद्धकुमाख गाउँपालिका–३ उचाल्नेका  ४५ वर्षका डम्मर सार्कीले श्रीमती अन्दाजी ४० वर्षकी सितली सार्कीको धारिलो हतियार     ( बन्चरो ) प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बुधवार बिहान डम्मर धारिलो हतियार  प्रयोग  गरि हत्या  गरेको  जिल्ला प्रहरी  कार्यालय  सल्यानका  सूचना  अधिकारी भवानी  प्रशाद धमलाले जानकारी  दिनु भयो । उनलाई  ढोरचौर बजार नजिकैबाट  पक्राउ  गरिएको  उहाँको  भनाइ  छ । हत्याको कारण खुल्न नसकेको  प्रहरीले  जनाएको  छ ।