आज साँझसम्म रुकुम पश्चिममा ५ हजार थान त्रिपाल र केही हजार थान कम्बल आइपुग्ने उहाँले बैठकमा जानकारी दिनुभयो । जिल्लाका भूकम्प पीडितलाई तीन दिनभित्रमा पूर्ण रूपमा राहतको व्यवस्थापन गरिसक्ने उहाँले बताउनुभयो । आज भोली र पर्सि सम्ममा राहत वितरण गरिसक्ने योजना अनुसार काम गर्न उहाँले जिल्लास्थित सरोकारवालाहरूलाई निर्देशन पनि दिनुभएको छ । राहत वितरण पश्चात् अस्थायी बास व्यवस्थापन र पुनर्निर्माणमा लागिने उहाँले जानकारी गराउनुभयो ।
‘अहिलेको हाम्रो पहिलो प्राथमिकता राहत वितरण नै हो, पर्सि सम्ममा राहत वितरण गरिसक्छौँ, त्यसपछि भूकम्प पीडितका लागि अस्थायी बासको व्यवस्थापनमा लाग्छौँ, यसका लागि एक डेढ महिना लाग्न सक्छ, पूर्व मन्त्री शर्माले भन्नुभयो–त्यसपछि लगत्तै पुनर्निर्माणको काम सुरु हुन्छ ।’ देशमै मोडल देखिने गरी भूकम्प प्रतिरोधी घरहरू निर्माण हुने उहाँको भनाई छ । यसका लागि प्रधानमन्त्रीसँग कुरा भइरहेको र छिट्टै निर्णय हुने पनि उहाँले जानकारी गराउनुभयो ।
