सल्यान, १३ भाद्र ।
सल्यानमा ७३.८३ प्रतिशत विधुतिय संरचानहरु निर्माण भइसकेका छन् । नेपाल विधुत प्राधिकरण सल्यान बितरण केन्द्रका अनुसार विधुतका पोल, लाईन बिस्तार र अन्य संरचना गरेर सल्यान जिल्ला भर ७३.८३ प्रतिशत विधुतिय संरचानहरु निर्माण भईसकेको तथ्याङक रहेको छ । जिल्लामा दाङ, सुर्खेत, जाजरकोट र रुकुमबाट विधुत लाईन बिस्तार भई उपभोत्ताले बत्ति बालिरहेकोले सल्यानमा संख्यागत रुपमा भने यतिनै घरधुरी बिधुतको पहुँचमा छन् भन्ने डाटा नभएको नेपाल बिधुत प्राधिकरण सल्यान बितरण केन्द्रका कार्यालय प्रमुख अशोक लोहनीले जानकारी दिनुभएको छ । उहाँका अनुसार जिल्लाका कतिपय ठाउँमा लाईन बिस्तार भए पनि बत्ति नबालेको, कतिले एउटै मिटरबाट अरुले पनि बत्ति बलिरहेको र फरक फरक जिल्लाको विधुत प्रयोग भएकोले घरधुरीको एक्किन डाटा भने नभएको बताउनु भयो । कपुरकोट बितरण केन्द्रको ११ केभी र सल्यान बितरण केन्द्र सवस्टेसन श्रीनगरको ३३ केभी विधुत लाईनका भने २२ हजार ग्राहाक रहेको कार्यालय प्रमुख लोहनीले जानकारी दिनुभएको छ ।
सल्यानमा दुई वर्ष भित्रमा सबै ठाउमा बिधुत बिस्तार गरी सक्ने कार्यक्रम अनुसार ठेक्का प्रकृया अगाडी बढीसकेको र सम्भौता हुना बाँकी रहेको कार्यालय प्रमुख लोहनीले जानकारी दिनुभएको छ । जिल्लामा विधुत महशुल नबुझाएका २८ जना ग्राहक कालो सुचिमा रहेका छन् । बैशाख देखी यता कालो सूचिमा रहेका ११ जना ग्रहाकबाट ९७ हजार ७ सय उठाई सकिएको छ भने कालो सुचिमा रहेका ग्रहाकहरुबाट अझै १ लाख ५० हजार जति महशुल उठाउन बाँकी रहेका छ ।
