तुलसीपुर, २७ श्रावन । बृद्ध सेवा समिति जेष्ठ नागरिक समाज तुलसीपुरको आयोजनामा दिवा सेवा कार्यक्रम आज तुलसीपुरमा सम्पन्न भएको छ । आज एकादसीको अवसरमा कथा महात्मे पारायन एवम् भजन कृतन कार्यक्रम संस्थाको सभाहलमा सम्पन्न भएको हो । बृद्ध सेवा समिति जेष्ठ नागरिक समाज लुम्बिनी प्रदेशका अध्यक्ष खुमानन्द अधिकारीको अध्यक्ष्ता
समाजसेबी नारायण प्रसाद शर्मा प्रमुख आथित्यतामा भएको कार्यक्रममा पण्डित खेमराज अधिकारीले एकादसी कथा बाचन गर्नुभएको थियो ।

यस्तै पण्डित मेगनारायण भट्टराइले श्रावन महिनाको मलामासको बारेमा कथा प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा दिवा सेवा कार्यक्रमको संयोजक झग्गु प्रसाद गौतम, गोपाल प्रसाद उपाध्याय, देबी डागी वशन्ता देबी खड्का लगाएतले भजनकृतण कार्यक्रमहरु गर्नुभएको थियो । कार्यक्रममा राधेश्याम उपाध्याय, कृष्ण बहादुर केसी लगाएत १ सय ५५ जनाको सहभागिता रहेको थियो ।