सल्यान १७ श्रवाण ।
२०७७ साल जेठ १० गते पश्चिम (रुकुम) को चौरजहारी –८ सोतीमा अन्तरजातिय प्रेम सम्बन्धकै कारण घटेको घटना साहेत तपाई हामी सबैलाई थाहा छ । नेपालमा जातिय छुवाछुतका बिषयमा धेरै परिवर्तन भएपनि अन्तरजातीय विवाहलाई हाम्रो समाजले सजिलै स्वीकार गरेको अवस्था छैन । सल्यानको दार्मामा एउटा यस्तो घटना घटेको छ ।
सल्यानको दार्मा गाउँपालिका वडा नं. ३ निवासी शिव बहादर बि.क र सोही गाउँपालिका वडा नं. ४ निवासी रेणुका मल्लले आफ्नो लामो प्रेम सम्बधलाई बैबाहिक सम्बन्धमा बाँधिने निर्णय गरे । उनिहरु दुबै जना दाङ्ग जिल्ला घोराहीमा कोठा गरेर पढ्दै आएका थिए । दुबैको सहमतीमा उनिहरु गएको असार ३० गते त्यहाँबाट भागे । उनिहरुको अन्तरजातिय विवाह भएको कारण केटाले केटीलाई सजिलै आफ्नो घरमा ल्याउन सकेनन् । शिव बि.क ले रेणुकालाई भगाएको कुरा केटीको घर सम्म पुग्यो । उनीहरु दुबैको घरको दुरी धेरै टाढा भने होईन । केटीका आमाबुवाले सो कुरा सुन्न साथ असार ३० गते राती १० बजे तिर १०/१२ जना युवा सहित केटाको घरमा पुगे । हातमा लौरा समेत लिएर पुगेका व्यक्तिहरुले केटाको आमाबुवालाई थर्काउनुका साथै रुकुमको सोती घटना दोहोर्याउने चेतावनी समेत दिएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । केटाको घरमा त्यसरी रातीको समयमा १०/१२ जना व्यक्तिहरु आएको खवर सुन्न साथ केटा पक्षका युवाहरु पनि जम्मा भएर केटाको घरमा पुगे । तर केटा पक्षका व्यक्तिहरु केटाको घरमा पुग्दा भने केटी पक्षका व्यक्तिहरु आफ्नो घर फर्की सकेको थिए । धन्न कुनै नराम्रो घटना भने नभएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । केटी पक्षका व्यक्तिहरु आफ्नो घर फर्की सकेकाले केटा पक्षका व्यक्तिहरुले घटनालाई कुनै पनि ठुलो रुपमा नलिने र आपसी समझदारी गर्ने कुरा गरे । सो कुरा भोलि पल्ट अथवा असार ३१ गते देखि समाजिक संजालमा आयो । उक्त घटनाका बिषयमा केही सकारात्मक तथा नकारात्मक टिकाटिप्पनीहरु भए तर उक्त घटना केहि दिनमै सेलायो ।
तर घटनाले अर्कै मोड लियो
शिव र रेणुकाको प्रेम गाउँ नजिकैको स्कुलमा कक्षा ८ मा पढ्दै गर्दा बसेको शिवले बताए । शिव बहादुर बि.क र रेणुका मल्ल भागेर दोलखाको जिरी नगरपालिका ९ उर्लेनी पुगेका थिए । केही दिन सम्म दुवै जना संगै मिलेर बसेको शिवले हामी संगको कुराकानीमा बताएका छन् । तर एक दिन रेणुकाले आफ्नो माईतीसंग कुरा गर्छु भनरे रेणुकाले आफ्नो माईतीसंग कुरा गरेको शिवले बताए । तर सोही दिन देखी रेणुकाले आफ्नो बोली फेरेकी छिन । उनीहरु दुबैजनालाई दोलखामा प्रहरीले समातेको छ ।
उर्लेनी प्रहरी चौकीका सई विजुली भुजेलका अनुसार रेणुकाले आफ्नो माईतीसंग आफु असुरक्षित भएको, दुखमा परेको भनेर फोन गरेको कुरा माईतीले प्रहरीलाई सुनाएको बताए । केटी पक्षले छोरीलाई उद्धार गरी दिन अनुरोध गरे पछि आफुहरुले खोजि गरेको र फेला पारेर प्रहरी चौकीमा राखेको बताए । उनले भने दुबै पक्षलाई बोलाएको छौ उहाँहरु आए पछि उहाँहरुको जिम्मा लगाउने कुरा उनले बताए ।
तर केटा शिवलाई सोही कुरा बुझ्दा आफुले रेणुकालाई कुनै पनि दुखमा नराखेको बताए । उनले भने हाम्रो प्रेम ५ वर्ष देखिको लामो सम्बन्ध हो । तर माईतीलाई फोन गरे देखि रेणुकाको मन परिवर्तन भएको छ । रेणुकाले माईतीकै दवावमा आफ्नो मन बिचार बदलेको बताए । उनले भने मैले कुनै पनि नराम्रो व्यवहार गरेको छैन र कुनै समस्यामा नपारेको र माईतीले नै यो सव गर्न लागाएको शिवको अरोप छ । रेणुकासंग हामीले कुरा गर्दा माईतीको कुरा केही नभएको र आफ्नो नै बस्ने मन नभएकाले माईतीमा फर्किने उनीले बताईन् । सोही कुरालाई बुझ्न केटी र केटाका अविभावक दोलखा पुग्न लागेको प्रहरीले बताएका छन् ।

