असार २१ सल्यान ।
सल्यानमा गुडिरहेको बसमा विधुतको करेन्ट प्रवाह हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।गम्भीर घाइते बस साहु जिल्ला सल्यान छत्रेश्वरी गाउपालिका ६ लान्तीका अन्दाजी बर्ष अं। ३३ ३४ को महेन्द्र ओलीको उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ओलीको दाङ तुल्सिपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनु भयो । यस अघि एकै घरका रोल्पा गंगादेब गाउँपालिका वडा नं ४ बस्ने बर्ष अं ७०।७२ को बालराम डाँगी र उहाँकै छोरा बर्ष अं। ४०।४२ को टोपलाल डाँगीको घटनास्थलमै मृत्यु भएको थियो । विहिबार बिहान १०ः३० बजे राप्ती राजमार्ग अन्र्तगत जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोला स्थित दाङ तुलसीपुर बाट रोल्पा जादै गरेको रा १ ख ८,३४ नम्बर बसले सडक छेउमा रहेको ३३ केभि प्रसारण लाईनको बिद्युतको पोल सर्पोटको लाछि छेउमा गाडिएको तार०९स्टे० मा छोईदा बसमा करेन्ट लागेको थियोे। बसमा १९ यात्रु सवार थिए । अन्य भने सकुशल रहेका छन् ।
