सल्यान, १५ असार ।
सल्यानमा असार १५ अर्थात २० औं धान दिवस धुमधामका साथ मनाईएको छ । यस वर्ष देखि जिल्लामै पहिलो पटक Mini Rice Transplanter मेसिनबाट धान रोपेर धान दिवस मनाईउको छ । कर्णालाी प्रदेश सरकारका भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रि माननिय भिम प्रकाश शर्माले मेसिनबाट धान रोपेर नयाँ प्रबिधिको शुरुवात गर्नु भएको छ । सल्यानमा जिल्ला कृषि बिकास कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सल्यानको आयोजनामा र शिवजन माध्यामिक बिद्यालय सितलपाटी को व्यवस्थापनमा धान दिवस मनाईएको हो ।

हेर्नुहोस कार्यक्रममा सहभागी हुनु भएको सहभागीहरुको फोटाहरु.