सल्यान, २७ चैत ।
भर्खरै मात्र सल्यानमा आउनुुभएका प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले राज्य नपुुगेको ठाउँमा सञ्चारकर्मी पुुग्नसक्नुपर्ने बताउनुुभएको छ । सञ्चारको अत्यन्तै महत्व रहेको बताउदै सञ्चार जगत सेवा प्रवाहको मापक समेत रहेको स्पष्ट पार्नुुभयो । राष्ट्रसेवक भएर काम गर्ने क्रममा हिमालदेखि तराईसम्मका विभिन्न जिल्लाहरुमा पुुगेको अनुुभव सुुनाउदै सल्यानलाई सुुगम जिल्लाकै रुपमा लिएको उहाँले बताउनुुभयो । सडकको अवस्था राम्रो भएको समयमा सदरमुुकामबाट दुुइघण्टामै विभिन्न पालिकाहरुमा पुुग्न सकिने अवस्था भएको र सेवा प्रवाहमा पनि थप सुधार गर्न सकिने अवस्था रहेको कुुरा उहाँले व्यक्त गर्नुुभयो । जिल्लाको शान्ति सुुरक्षा, विकास निर्माण, सेवा प्रवाह, विपद् व्यवस्थापन, सुुशासन र समन्वयमा सञ्चारक्षेत्रको महत्वपूूर्ण योगदान रहने भन्दै सञ्चारकर्मीहरु आफ्नो कर्तव्य र धर्म नै सम्झेर लाग्नुुपर्ने बताउनुुभयो । नागरिकले पाउनुुपर्ने सेवा सुुविधा सवैले पाउनुपर्ने बताउदै कोहि पनि जन्मदर्ताविहीन बन्न नहुने र पहिचान विहिन बन्ननहुने पनि स्पष्ट पार्नुुभयो ।
सोमबार जिल्ला प्रशासन कार्यालय सल्यानमा आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी खरेलले सार्वजनिक सेवाप्रवाह चुस्त दु्रस्त गराउन पत्रकारको रचनात्मक भूमिका पनि रहने बताउनु भयो । त्यस्तै विकास निर्माणका गतिविधि, गैर कानूनी कार्य रोक्न, सेवाग्राहीले चुस्तद्रुस्त सेवा पाए नपाएको, समाजका विकृति विसंगतिका विरुद्ध वाच डकका रुपमा सञ्चारकर्मी उभिन सक्नु पर्ने बताउनु भयो ।
परिचयात्मक कार्यक्रममा पत्रकारहरुले राप्ती राजमार्ग, बालविवाह, विद्युत, सल्यान जिल्ला अस्पताल लगायतका सार्वजनिक महत्वका विषयमा ध्यान दिन आग्रह गरेका छन् ।
