सल्यान , २६ चैत ।
सामुदायिक वनहरुको स्थानीय महासंघ अन्तर्गत छत्रेश्वरी गाउँपालिकास्तरीय महासंघको दोस्रो सम्मेलन सम्पन्न भएको छ । स्थानीय महासंघ अध्यक्ष बुुद्ध कुमारी केसीको अध्यक्षता र गाउँपालिका अध्यक्ष ओज बहादुर बुुढाथोकीको प्रमुख आतिथ्यतामा उक्त सम्मेलन आयोजना गरिएको हो । कार्यक्रममा वन महासंघ केन्द्रिय सदस्य प्रेमा अधिकारी, बन महासंघका कर्णाली प्रदेश अध्यक्ष घनश्याम शर्मा, वडा नं. ५ का वडाध्यक्ष फौद बहादुर बस्नेत, वडा नं. २ का वडाध्यक्ष एबं सामुदायिक वनका स्थानीय महासंघका सचिव प्रेम पहाडि, उपाध्यक्ष कर्ण बहादुुर बस्नेत लगायतको सहभागिता थियो । त्यस्तै कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला सचिवालय सदस्य गोविन्द शर्मा, जिल्ला कार्यसमिति सदस्य हिमाल यात्री लगायत विभिन्न व्यक्तित्वको समेत सहभागिता रहेको थियो । त्यसैगरी पालिकास्तरीय बन समूूहको सम्मेलन तथा अधिवेशनमा नियमानुुसार दर्ता भएका छत्रेश्वरी गाउँपालिकामा रहेका ५९ वटा बन समूूहमध्ये ४५ वटा समूूहको सहभागिता रहेको थियो । प्रत्येक वन समूहबाट २ महिला र २ पुुरुष सहभागि हुन पाउने नियमानुसार प्रतिनिधित्व भएको छ । शुुभकामना मन्तव्यको क्रममा अतिथिहरुले बन महासंघले केवल बनको उपयोग र संरक्षणको लागि मात्रै काम गर्ने नभै महिला शसक्तिकरण, जिविकोपार्जन, समावेशिता संगै प्राकृतिक श्रोत साधनमा स्थानीय समूूह र समुदायको अधिकारका लागि पनि आवाज उठाउदै आएको बताए । यसै स्थानीय महासंघको अध्यक्षमा कार्यरत बुुद्ध कुमारी केसी छत्रेश्वरी गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएको र महासंघको सचिवमा कार्यरत प्रेम पहाडि पनि वडा नं. २ को अध्यक्ष बन्न सफल भएको उदाहरण दिएका थिए ।
वन महासंघका प्रदेश अध्यक्ष घनश्याम शर्माले बन समूूहको नेतृत्व गर्ने क्रममा स्थानीय सरकार प्रमुखदेखि संसदसमेत बनेका उदाहरण दिए । त्यस्तै केन्द्रिय सदस्य प्रेमा अधिकारीले पनि महिलाहरुलाई जिविकोपार्जनदेखि नेतृत्व विकाससम्मका विभिन्न चरणमा बन समूूहका गतिविधिले मदत गरेको जानकारी दिएकी छन् । प्रमुख अतिथि एबं गाउँपालिका अध्यक्ष ओज बहादुर बुुढाथोकीले सामुदायिक वन समूूहमार्फत नेतृत्व क्षमतासंगै समुदायको चौतर्फि विकासमा सहयोग पुुग्ने भएको बताए । साथै आगामी दिनमा स्थानीय सरकारले गर्न सक्ने सहयोग सामदायिक वनको स्थानीय महासंघलाई गर्ने जानकारी दिए । त्यस्तै सभाध्यक्ष बुुद्ध कुमारी केसीले बनले समावेशिता, महिला शसक्तिकरण, महिलाको नेतृत्व क्षमता विकास जस्ता कुुराहरुमा सहयोग गरेको र आफूू पनि बन समूूहको नेतृत्व गर्ने क्रममै स्थानीय सरकारको उपाध्यक्ष जस्तो महत्वपूूर्ण जिम्मेवारीमा आएको बताईन । बन महासंघको आफ्नो कार्यकालमा कोरोना महामारी लगायत विविध कारणले महासंघमार्फत गर्नुपर्ने कामहरु अपेक्षित रुपमा गर्न नसकेता पनि अब आउने नेतृत्वलाई सहज हुने बताईन । कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाभित्रका बन समूूहको प्रतिनिधित्व गर्दै सामुदायिक वन समूूह, स्थानीय महासंघ, जिल्ला महासंघ र केन्द्रसम्म प्रतिनिधित्व गर्ने र काम गर्ने अवसर पाउने व्यक्तित्वहरुलाई प्रमाणपत्रसहित सम्मानको कार्यक्रम पनि राखिएको थियो ।
बन्दसत्रबाट नयाँ कार्यसमितिमा केहि सदस्य तथा प्रतिनिधिमा सर्वसम्मत हुन बाँकी रहेता पनि पालिकास्तरीय दोस्रो सम्मेलनको कार्यक्रम सम्पन्न भएको छ ।
