चैत २४, सल्यान ।
विश्वहिन्दु महासंघ नेपाल राष्ट्रिय समितिको आठौं महाधिवेशन बुुधवार सम्पन्न भएको छ । देशकै मध्य भागमा रहेको रुपन्देहि जिल्लाको बुुटवल स्थित अन्तराष्ट्रिय सभाहलमा मंगलबार उद्घाटन सत्र र विश्व हिन्दुु महासंघ बुुटवलको आफ्नै भवनमा बन्दसत्रको कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । महासंघका केन्द्रिय अध्यक्ष डा.रामचन्द्र अधिकारीको सभाध्यक्षता र प्रमुुख अतिथि श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीको प्रमुुख आतिथ्यतामा उद्घाटन सत्र सम्पन्न भएको हो । उद्घाटन सत्रमा विशिष्ट अतिथिहरु क्रमशः सन्त समाजका अध्यक्ष किशोर गौतम, डा. चिन्तामनी योगी, राप्रपा अध्यक्ष तथा हिन्दुुराष्ट्र नेपालका अभियन्ता राजेन्द्र लिंदेल लगायतका व्यक्तित्वहरुको विशेष सहभागिता रहेको थियो । त्यस्तै ओमशान्ति परिवार, राजयोग परिवार, राधेराधे, नेवा समाज, क्षेत्री समाज, ब्राम्हण समाज र ओमकार परिवारका दर्जन बढी संघसंस्थाहरुको सहभागिता रहेको थियो । त्यसैगरी कार्यक्रममा पूूर्व सांसद शंकर पाण्डे , कथाबाचकहरु दिनवन्धुु पोखरेल, कथावाचक पंडित भिमकान्त पन्थि, सन्त तथा बौद्धिक व्यक्तित्व पुष्पराज पुुरुष लगायत विभिन्न धर्मगुुरु र पंडितहरुको सहभागिता कार्यक्रममा रहेको थियो । महाधिवेशनको सफलताको शुुभकामना मन्तव्य राख्ने क्रममा अधिकांश वक्ताहरुले नेपाल कागजमा मात्रै धर्म निरपेक्ष भएको र यथार्थमा हिन्दुुराष्ट्र नै रहेको बताए । त्यस्तै लिखित रुपमा र संविधानमै पनि घोषित रुपमा नै विश्वको एक मात्र हिन्दुुराष्ट्र नेपाल बनाउन सम्पूूर्ण राष्ट्रप्रेमी हिन्दुुहरु जाग्नुुपर्ने बताए । राप्रपा नेता राजेन्द्र लिंदेलले जुन दिन नेपाललाई धर्म निरपेक्ष घोषणा गरियो, त्यति वेलै देखि नेपाललाई हिन्दुु राष्ट्र नै बनाउनुपर्ने मागसहित सडकदेखि सदनसम्म संघर्ष गर्दै आएको बताउनु भयो । कठिन समय र परिस्थितिमा पनि रा.प्र.पा. ले नेपाललाई हिन्दुुराष्ट्र बनाउनुपर्ने अभियान चलाईरहेकोले हिन्दुराष्ट्र नेपाल अभियन्ताको एक बलियो हकदार रहेको उहँले बताउनु भयो । सभाध्यक्षले राजनैतिक प्रसंग र कुराहरुमा जोड नदिन गरेको अनुुरोधलाई सम्बोधन गर्दै राजनीतिले नै धर्म निरपेक्ष देश बनाएकोले राजनीतिबाटै धर्मसापेक्षमुलुक हुने स्पष्ट पार्नु भयो । त्यस्तै पुुर्व सांसद् शंकर पाण्डेले मुलुकलाई धर्म निरपेक्ष घोषणा गरेपछि आफूूहरुले पनि विभिन्न प्रकारले हिन्दुुराष्ट्रको पक्षमा संघर्ष गर्दै आएको बताउनु भयो ।

पार्टिभित्रै विद्रोही संसद्को रुपमा आजसम्म पनि संघर्षलाई निरन्तरता दिएको बताउनु भयो । संसदभित्र र बाहिर दुवैतिरबाट दवाव दिदै आएको भन्दै अँझै पनि संघर्षका गतिविधि निरन्तर भईरहने उहँले बताउनु भयो । प्रमुुख अतिथि ज्ञानानन्द सरस्वतीले अब विश्वहिन्दुु महासंघले चालेको अभियानमा साधुुसन्त लगायत सवैको पूूर्ण सहयोग रहने बताउनु भएको छ । विभिन्न प्रकारका संगठनहरु बनाएर स–साना आन्दोलन गर्नुुभन्दा यसै विश्वहिन्दुु महासंघलाई बलियो छाता संगठन बनाएर देशैभर दवावमूूलक गतिविधि अगाडि बढाउनुुपर्ने उहँले बताउनु भयो । सभाध्यक्ष डा. रामचन्द्र अधिकारीले नेपाललाई धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुुराष्ट्र नेपाल घोषणा गर्नुुपर्ने र वेदमा भएको ज्ञानलाई व्यबहारमा उतार्न आवश्यक रहेको बताउनुुभयो । सभामा बोल्ने बक्ताहरुले नेपालको धार्मिक तथा साँस्कृतिक एकता र मेलमिलापलाई तहसनहस् पार्न आर्थिक प्रलोभन लगायत विभिन्न प्रकारको षडयन्त्र भईरहेको बताए । जनगणना २०७८ ले समेत हिन्दूू धर्मावलम्बीको संख्या षडयन्त्रपूूर्ण तरिकाले व्यापक रुपमा घटाएको आशंका वत्ताहरुले व्यक्त गरे । जातजाती र ओमकार परिवार भित्रकै विभिन्न सम्प्रदायवीच फाटो ल्याएर नेपालको राष्ट्रिय एकता नै खल्बल्याउन देसीविदेशी शक्तिहरुले चलखेल गरिरहेको कुरामा बक्ताहरुले जोड दिए ।

बुुधबार भएको बन्दसत्रको औपचारिक कार्यक्रमपश्चात नयाँ समिति पुुनः निर्वाचित भएको छ । निर्वाचनबाट पुनः डा.रामचन्द्र अधिकारी अध्यक्ष निर्वाचित हुुनुुभएको छ । त्यस्तै विधानबमोजिम सह अध्यक्षमा यसअघिका वरिष्ठ उपाध्यक्ष शंकर खराल निर्वाचित हुनुुभएको छ । उपाध्यक्ष पदमा वेनबहादुर पौडेल क्षेत्री, यज्ञप्रसाद ओली, ज्योत्सना साउद, दिनेशकुमार सिंजापति, प्रविण घिमिरे , पार्वता पौडेल, मुक्तिराम अधिकारी , ऋषिकेशजंग शाह र राजप्रसाद जोशी निर्वाचित हुनु भएको छ ।
त्यस्तै महासचिव पदमा रामचन्द्र तिवारी निर्वाचित हुनु भएको छ । कोषाध्यक्षमा गिरिराज पाठक, सहकोषाध्यक्ष अरुणकुमार श्रेष्ठ र सीता घिमिरे, सचिव पदमा पुनाराम पोखरेल, प्रेमप्रकाश खड्का, नेत्रनाथ पौडेल र राधा गिरी पण्डित त्यस्तै कार्यसमिति सदस्य पदमा ७१ जना सर्वसम्मत महाधिवेशनबाट निर्वाचित हुनु भएको छ । विधान बमोजिम १५१ जनासम्मको कार्यसमिति निर्माण गर्न सकिने छ ।
केन्द्रिय उपाध्यक्ष तथा प्रदेशमा पदेन अध्यक्ष रहने गरी कर्णालीबाट यसअघि हिन्दुु युवासंघको नेतृत्व गर्दै आएका ऋषिकेशजंगशाह सर्वसम्मत हुनुुभएको छ । त्यस्तै कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै सूूर्खेतबाट सचिव पदमा प्रेमप्रकाश खड्काले जिम्मेवारी पाउनुुभएको हो । कर्णालीमा सल्यानबाट सन्तोष कुमार राई र गोविन्द शर्मा केन्द्रिय सदस्यमा निर्वाचित हुनुुभएको छ भने जाजरकोट र डोल्पाबाट पनि एक एक जना केन्द्रिय सदस्य निर्वाचित हुनुभएको छ । प्रतिनिधित्व हुन बाँकी जिल्ला, क्षेत्र र वर्गहरुबाट विधान बमोजिम मनोनित गरी सदस्यहरु थप गरिने र कार्यसमितिलाई पूूर्णता दिने बताईएको छ । महासभामा १५०० भन्दा बढीको सहभागिता रहेको थियो ।