चैत १५, सल्यान ।
सल्यानको बागचौरमा करिब ७० भन्दा बढी घरधुरी कृषकलाई सिँचाइको पहुँच पुर्याउनेगरी सिँचाइ योजनाको कार्य थालनी गरिएको छ ।
बागचाैर नगरपालिका वडा नम्बर २ स्थित फारुला, तिवाचाैर, पाँचगैरे, सिचाइ याेजनाकाे मंगलबार शिलान्यास गरिएको हो ।चिल्ढालेको तल्लो भाग शारदा नदिबाट सुरु हुने सिँचाइ नहर बागचौरको जिउँलासम्म पुग्ने र यसबाट ७० भन्दा बढी घरधुरीले प्रत्यक्ष सिँचाइको सुविधा पाउनेछन् ।
नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम दोस्रो चरण (NCCSP2) काे ५८ लाख ८० हजार ६ सय २६ र बागचाैर नगरपालिकाकाे २ लाख ५९ हजार ३ सय ४४ र जनश्रमदान ११ लाख १८ हजार ४ सय ४२ रुपैयाँ गरी कुल ७२ लाख ५८ हजार ४ सय १२ रुपैयाँ लागतमा उक्त सिँचाइ योजनाको कार्य थालनी भएको हो ।
आगामी असार १५ गते सम्म याेजना सम्पन्न गर्ने गरि काम भईरहेकाे निर्माण समितिका अध्यक्ष दिपक डिसीले बताए ।
सिँचाइ योजनाको शिलान्यास कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै बागचौर नगरपालिका नगर प्रमुख जनकराज गाैतमले किसानहरुलाई याे याेजना बाट धेरै राहत पुग्ने बताए । याेजना समयमै सम्पन्न गर्न निर्माण समितिलाई निर्देशन दिएका छन् ।
उक्त शिलान्यास कार्यक्रममा नगर प्रमुख जनकराज गाैतम, उप-प्रमुख सुम्निमा डि.सी वली, नगर प्रबक्ता दिपेश डि.सी, कार्यपालिका सदस्य रेशम बि.क, वडा सदस्य माेहन डाँगी, प्राविधिक खकेन्द्र वली, निर्माण समितिका पदाधिकारी, स्थानीय, लगायत वडावासीहरुकाे सहभागीता रहेको थियाे ।
