चैत १०, सल्यान ।

घरको छतबाट खसेर सल्यानको श्रीनगरमा एक पुरुषको मृत्यु भएको छ । बिहिबार शारदा नगरपालिका १ दारिमचौर घर भएका ४४ वर्षीय डिल्ली बहादुर चनाराको घरको छतबाट खसेर मृत्यु भएको हो । शारदा नगरपालिका १ श्रीनगर स्थित पुष्पाञ्जली फेन्सी हाउस भएको घरमा करिब ६ फिट अग्लो बाँसको भर्‍याङबाट चिप्लिएर बिहीबार दिउँसो साढे १२ बजेतिर उनी घाइते भएका थिए ।

उनलाई उपचारको लागि जिल्ला अस्पताल सल्यान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरीका अनुसार चनाराको टाउमा गहिरो चोट लागेको थियो । छतबाट खस्ने बित्तिकै टाउकोमा चोट लागेर बेहोस भएका उनलाइ स्थानीयले श्रीनगरस्थित परोपकार अस्पतालमा उपचारका लागि लगेका थिए । त्यसपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल सल्यान लिने क्रममा मृत्यु भएको हो । उनि सोहि घरमा मिस्त्री काम गर्दै आएका थिए । उनि शिवजन मावि शीतलपाटी सल्यानका पूर्व शिक्षक अभिभावक संघका अध्यक्ष समेत हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।