सल्यान ३ चैत्र ।
कपुरकोट गाउपालिका वडा न. ४ को प्रशासनिक भबन बिधिबत रुपमा शिलान्यास गरिएको छ । बिहिबार भबनको शिलान्यास गाउपालिकाका उपाध्यक्ष प्रकाश भण्डारि र वडा अध्यक्ष मित्र कठायतले गरेका छन् ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत भरत कुमार ओलि, योजना शाखा प्रमुख खगेन्द्र शाही, वडा सदस्यहरु लगायत विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, टोल बिकास सस्था का प्रतिनिधि र अन्य सरोकार वालाहरुको गरिमामय उपस्थिती रहेको थियो ।