सल्यान १० फागुन ।
दाङमा दृष्टिबिहिन बालबालिकाहरुलाई योग प्रशिक्षण संगै ब्याग बितरण कार्य सम्पन्न भएको छ । सल्यानपछि दाङको गुरु जजुर माध्यमिक बिधालय, रक्षाचौरमा भएको योग प्रशिक्षण सम्पन्न भएको योगिनी गीताश्रीले बताउनुभएको छ । योग प्रशिक्षणमा दृष्टिविहीनहरुको उत्साहजनक रुपमा सहभागी भएको उहाँले जानकारी दिनुभयो । साविक राप्ती अञ्चलका ५ जिल्लामा दृष्टिबिहिन बालबालिकाहरुलाई योग प्रशिक्षण कार्यक्रम अगाडि बढीरहेको उहाँले जानकारी दिनुभएको छ । योगले मानव जीवनलाई नै सार्थक बनाउन मदत गर्ने बताउदै शारिरीक र मानसिक दुवै कुरामा क्रियाशिल बनाउन मदत गर्ने उहाँले जानकारी दिनुभयो । विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज संस्थाले नेपाललाई योग गुरुको देश बनाउने महान लक्ष्यका साथ अगाडि बढिरहेको योगिनी गीताश्रीले बताउनुभएको छ । योगमै समर्पित रही यस महान अभियानमा आफ्नो जीवनको अधिकांश समय दिदै आउनुभएकी उहाँले ईश्वरले दिएको अवसरलाई पालना गर्दै निरन्तर यसैक्षेत्रमा अगाडि बढ्ने प्रतिवद्धता पनि गर्नुभएको छ । केही अपवाद्लाई छोडेर चौतर्फि रुपमा निराशाको जीवन जीउन बाद्य दृष्टीविहीनहरुमा योग प्रशिक्षणले जोश, जाँगर र उर्जा थप्ने गरेको उहाँले बताउनुभयो । समस्या र चुनौतिकै बीच पनि सफलता प्राप्त हुने र जीवनको महत्व बुझेपछि आफूभित्रको क्षमतालाई प्रष्फुटन गराउन सके आफ्नो जीवन सहज र सरल किसिमले विताउन सकिने सीप तथा ज्ञान पनि योगले दिन सक्ने उहाँको भनाई रहेको छ । योग शिविरहरुले मानव जीवनको महत्व बोध गराउने र आफु मात्र जिउने नभै अरुलाई पनि जिउन सक्ने सहयोग र उत्साह भर्न सक्ने उहाँको भनाई रहेको छ ।
नेपाललाई योग गुरुको देशको रुपमा समेत विश्वस्तरमा चिनाउने महान लक्ष्यमा साथ सहयोग दिने महानुभाव र सहयात्रीहरुप्रति उहाँले कृतज्ञता ज्ञापन गर्नुभएको छ । यसै क्रममा विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज (Gspss) संस्थाका सदस्य श्री सनत कुमार शर्मा, यस कार्यप्रति सल्लाह, सुझाव तथा हौसला प्रदान गर्नुहुने गुरु श्री केशवराज देवकोटा, श्री रुप बहादुर खत्री, सोही बिद्यालयका प्र.अ. श्री विष्णु के.सी, स्रोत शिक्षक श्री विष्णु न्यौपाने र श्री रामबहादुर सर प्रति हार्दिक आभार प्रकट गर्नुभएको छ ।
दृष्टिबिहिन बालबालिकाहरु घर परिवार भन्दा बाहिर बसिरहेको अवस्थामा अपाङ्गता गरिबी अवस्थाको कारण अभिभावकबाट साथ सहयोग पनि नहुने र उनीहरुमा छुट्टै एक्लोपनको महशुका कारण आफैलाई खिन्न बनाई रहेको अवस्थामा विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज संस्था कर्णाली प्रदेश संयोजक योग प्रशिक्षक योगीनि गीता श्री ले बालबालिकाहरुलाई योग प्रशिक्षण संगै मोटिभेसनल कलास दिई रहनु भएको छ ।

बालबालिकाहरुमा अब बाँचेर केही गर्नुपर्छ म मात्र यस्तो सस्यामा रहेनछु यो संसारमा अरुपनी रहेछ्न भन्ने कुराको जानकारी भएको र अब बिगतको दिनचर्या भन्दा बालबालिकामा फरक खुसि र हर्ष आएको छ योग सम्बन्धि आत्मियतापन बढेको महशुस गरेको गिता श्रीले बताउनु भयो ।
विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजले यो योग प्रशिक्षण मोटिभेसनल तथा ब्याग बितरण कार्यक्रमले गुरु जजुर माध्यमिक बिधालय रक्षाचौरमा कक्षा ११ मा अध्यनरत सबिना बुढाथोकी मानसिक समस्याले पिरोलिरहेको अवस्थामा यस संस्थाले उनिप्रति गरेको उद्वार र सेवाकर्म गरेको र उनको स्वास्थ्य अवस्था अहिले सुधार भएको सोही बिधालयका प्र.अ. श्री विस्णु के. सी र स्रोत शिक्षक श्री विष्णु न्यौपाने अति प्रशंसाका साथ धन्यवाद ज्ञापन दिनुभएको छ योगिनी गिता श्रीले बताउनु भयो ।

