सल्यान, १० फागुन ।
सल्यानको कपुरकोट गाउँपालिकामा भएको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शिल्ड जीवनज्योति नमुना माध्यामिक विद्यालय रिमले जितेको छ । ३ विधामा भएको ३० खेलमा जीवन ज्योति नमुना माविले १३ स्वर्ण रजत, ९ कांस्य सहित शिल्ड जितेको हो । फागुन ७ गते देखि वडा नम्बर २ को बिरेन्द्र माध्यामिक विद्यालयमा भएको रनिङ शिल्ड प्रतियोगितामा नेपाल राष्ट्रिय माध्यामिक विद्यालय किमुचौरले ८ स्वर्ण, १० रजत ५ कांस्य जितेर दोस्रो भएको छ । त्यस्तै प्रतियोगितामा भवानी माध्यामिक विद्यालय छायानाथ ५ स्वर्ण, ६ रजत, १० कांस्य जित्दै तेस्रो भएको छ ।

त्यस्तै बिरेन्द्र माध्यामिक विद्यालय गर्पाले २ स्वर्ण, ३ रजत, ३ कांस्य जित्दै चौथो भएको छ भने कालिका माध्यामिक विद्यालय कपुरकोटले २ स्वर्ण, २ रजत र ३ कांस्य जितेर पाचौं भएको छ । चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गाउँपालिका भित्र रहेका ५ वटा माध्यामिक विद्यालय सहभागि भएको शिक्षा शाखा निमित्त प्रमुख रमेश आचार्यले जानकारी दिनु भयो । विद्यालय खेलकुद विकास समिति कपुरकोटका अध्यक्ष शेर बहादुर पुनको अध्यक्षतामा भएको समापन कार्यक्रममा बिजयी खेलाडीलाई पुरस्कार बितरण गर्दै कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले कपुरकोट गाउँपालिकाको चिनारी बनाउदै जिल्लामा हुने प्रतियोगितामा सफलता प्राप्तीका सक्दो प्रयास गर्न खेलाडीलाई अनुरोध गर्नु भयो । पुनले जिल्लामा हुने प्रतियोगिताका लागि खेलाडीको सम्पूर्ण व्यवस्थापन गाउँपालिकाले गर्ने र बिजयी खेलाडीलाई प्रोत्साहन गरिने बताउनु भयो ।May be an image of 1 person, standing and outdoors

बिरेन्द्र माध्यामिक विद्यालय गर्पाका शिक्षक लाल बहादुर डाँगीले सहजिकरण गरेको कार्यक्रममा खेलाडीलाई पुरस्कार बितरण गर्दै गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले जिल्ला स्तरमा हुने प्रतियोगितामा सहभागि हुन छनोट हुन नसकेका खेलाडीलाई निरास नहुन अनुरोध गर्दै प्रयास नै सफलताको प्रतीक भएको बताउनुभयो । भण्डारीले आगामी दिनमा पनि गाउँपालिकाको तर्फबाट खेलकुदको विकासका लागि बिभिन्न कार्यक्रम निरन्तर आयोजना गरिने जनाउदै खेलकुदका सबै कार्यक्रममा सहभागि हुन खेलाडीहरूलाई अनुरोध गर्नु भयो । कार्यक्रम गाउँपालिका निवर्तमान उपाध्यक्ष तिला बूढा मगर, एकिकृत समाजवादीका केन्द्रिय सदस्य भद्रसिंह बुढा,सबै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक लगायतकाले रनिङ शिल्ड प्रतियोगितामा बिजयी हासिल गर्ने खेलाडीहरूलाई शुभकामना दिनु भएको थियो ।

No photo description available.

 

May be an image of 12 people, people standing and outdoors

No photo description available.