सल्यान, २२ माघ ।
प्रेस चौतारी नेपालको २५ औ स्थापना दिबसको अवसरमा सल्यान शाखाले मृगौला पिडित भगवती पुन लाई आर्थिक सहयोग गरेको छ । सल्यान जिल्ला बागचौर नगरपालिका वडा नं ११ निवासी भगवती पुन को उपचार को लागि प्रेस चौतारी नेपाल को २५ औ स्थापना दिबसको अवसरमा सल्यान शाखाले रु ५ हजार सहयोग गरेको हो । पुनको पारिवारिक आर्थिक अवस्था कमजोर भएको र उपचारको लागि आर्थिक अभाव भएकोले संगठनको स्थापना दिवसको अवसरमा प्रेस चौतारीमा आवद्ध पत्रकारहरूको तर्फबाट रू. ५ हजार आर्थिक सहयोग गरिएको संगठनले बताएको छ । केहि महिना अघि देखि उपचाररत पुन आर्थिक अभावको कारण उपचारको समस्या भएको भन्दै सबैलाई सक्दो सहयोग गरिदिन आग्रह गर्दै आएकि छिन । उनि बिभिन्न अस्पतालमा चेक गराउदै गर्दा दुबै मृगौला फेल भएको थाहा भएपछि आफ्नो आर्थिक अवस्था निकै कमजोर भएकोले आफ्नो बाच्ने आषा नै हराएको बताउछिन् । उनले उपचार गराउदै गर्दा अहिलेसम्म ५ लाख रुपैयाँ भन्दा बढी खर्च भैसकेको र अझै त्यो भन्दा बढि खर्च हुने अस्पताल को सल्लाह भएको बताउछिन् । उनले अहिले सबैले सहयोग को अभियान चलाएपछि हालसम्म ४ लाख जति सहयोग उठेको र आाफ्नै आामाले मृगौला दान गर्ने भएकोले नयाँ जिवन पाउने आषा रहेको बताएकी छिन । पुनको हाल सहिद धर्मभक्त प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार भइरहेको छ ।
